• २०७९ माघ २० गते शुक्रवार
  • Preeti To Unicode

यी हुन् नेकपा सल्यान अध्यक्षका दावेदार, जिल्ला देखि केन्द्रसम्मका नेता सँग यस्ताे छ सम्बन्ध ?


भदौ ६, सल्यान ।
सल्यानमा नेकपाको नेतृत्व पुर्व माअवादीले पाउने चर्चा भएपछि नेताहरू नेव बहादुर कुवर, कर्णवहादुर बुढाथोकी र रमेश मल्लले अध्यक्षका लागी तिव्र रुपमा लविंग गरिरहेका छन ।

अहिले उनिहरूले नेतृत्वमा पुग्नलाइ नेताहरूसंग छलफल चलाइरहेका छन् । कर्णाली प्रदेशका १० वटै जिल्ला समितिको संख्या र कसले नेतृत्व लिने भन्ने टुंगो लागेपछि नेतृत्वका लागी नेताहरु तिव्र रुपमा लागी परेका छन् । पार्टीले कार्यकारी भुमिकामा नरहेका नेतालाइ मात्र जिल्लाको नेतृत्वमा लिने निर्णय गरेपछि नेताहरु विच नेतृत्वको लविङ चलिरहेको छ । उनहरूले नजिकका नेताहरूलाइ भेटघाट चलाइरहेका छन ।

लामो समय सैन्य मोर्चामा रहेर काम गरेका नेव बहादुर कवर गृहमन्त्री समेत रहेका पार्टीक नेता राम बहादुर थापा सम्मको पहुच राख्दछन । पार्टी फुटाएर वैद्यको नेकपामा पुगेका उनि संविधान सभामा बादलले घनले मतपत्र फोड्दा कार्यकर्तालाइ मतपत्र खोस्न र जलाउन लगाउने नेता हुन । त्यस्तै संघिय तथा प्रदेश सभाको चुनावका बेला सल्यानका २ क्षेत्र केन्द्रले एमालेलाइ नेतृत्व दिने निर्णय गर्दा उनि जिल्ला पार्टिले केन्द्रको निर्णय नमान्ने भन्दै विज्ञप्ती नकालेर विरोध गर्ने नेता हुन । उनि अडान लिन नसकी केन्द्रिय नेताको दवावमा नेताहरूलाइ छोडि अधिकारीक उम्मेद्वारको पक्षमा लागेका नेता भएकाले उनलाइ दुवैतिर विश्वास भन्दा पनि शंकाको नजरले हेर्ने गरिएको उनकै सहकर्मी नेताहरू बताउछन । उनलार्इ लामो समय सक्रिय राजनीतिमा लागेका तर खास अवसर नपाएका नेताकाे रूपमा हेरिन्छ ।

त्यस्तै पार्टी संगठनमा लामो समय काम गरेर जिल्लामा पनि कामको अनुभव संगालेका कर्ण बहादुर बुढाथोकी पार्टीको जिल्लाको नेतृत्व गरेर लामो समय बसेका छन । उनि देख्दा विश्वास नलाग्ने भएपनि हक्की स्वभावका नेता हुन । पार्टीले सधै अपमान गरेको बताउने उनि पार्टीको केन्द्रिय नेतृत्वदेखि कहिल्यै सन्तुष्ट नभएको बताउछन । तर उनले एक्लै केहि गर्न पनि सक्दैनन । संघिय तथा प्रदेश सभाको चुनावको बेला उनलाइ कवर र पार्टीका पुराना नेता उमाकान्त शर्मा र भिम प्रकाश शर्माले नबोकेका भए सायद उनि पार्टीले जे भन्यो त्यो मान्ने नेतामा गनिन्थे तर त्यो बेला उनि बाम गठबन्धनका विरोधी देखिए । संघ र प्रदेशको निर्वाचनको समयमा बागी उम्मेदवारलाई समर्थन गरेको भनी पार्टी हेडक्वाटरले उनलाई केही समयका लागि सबै जिम्मेवारीबाट हटाएको थियो । पछि पार्टीले कारबाही फुकुवा गरिसकेका उनी बनगाड कुपिण्डे नगरपालिकामा मेयरमा थोरै मतले मात्र तत्कालीन एमालेका गोविन्द पुनसँग पराजित बनेका थिए ।

अर्का युवा नेता रमेश मल्ल लामो समयसम्म विद्यार्थी राजनीतिमा खारिएका नेता हुन । उनि जिल्लामा बसेर राजनीति गर्न नपाएपनि जिल्लालाइ राम्रोसंग अध्ययन गर्नसक्ने नेताको रूपमा चिनिन्छन । पार्टीको निर्णयलाइ अक्षरस पालना गर्नुपर्छ भनेर भन्ने नेता कार्यकर्तालाइ कसैलाइ दोस नदेखाएर सबैको अध्ययन गर्ने नेताको सम्बन्ध जिल्लामा सबै नेताभन्दा माथी छ भन्नेपनि गरिन्छ । उनको सम्बन्ध पार्टीका अध्यक्ष प्रचण्डसम्म भएको भनिएता पनि उनका अलोचकहरू भए त प्रचण्डको त्यस्ता रमेशहरू कति हो कति भएको र रमेशको कुनै पालो नहुने बताउछन । उनि प्रचण्ड प्रधानमन्त्री हुँदा स्वकिय सचिव भएका थिए ।

यता जिल्लाबाट केन्द्रिय सदस्य भएका नेताहरू पनि त्यसैगरी बाँडिएको स्रोत बताउछ । उनिहरूकै कार्यकर्तासंगको विभिन्न चरणको छलफलका अनुसार टेक बहादुर बस्नेत नेववहादुर कवरको पक्षमा छन । त्यस्तै प्रकाश ज्वाला कर्ण बहादुर बुढाथोकीलाइ अध्यक्ष बनाउनेमा छन भने गुलावजंग शाह रमेश मल्ललाइ अध्यक्ष दिनुपर्नेमा रहेकाे स्राेतले बतायाे ।

प्रकाशित मिति : २०७५ भाद्र ६ गते बुधवार