• २०७९ माघ २२ गते आइतवार
  • Preeti To Unicode

असलकी अामा भन्छिन्- ‘बुबालार्इ मारिदिए, त्यही रगतबाट बनेको सरकारले छाेरालार्इ पक्राउ गर्याे’


भाद्र ७, सल्यान ।
नेकपाका नेता असल क्षेत्रीलाई मंगलबार दिउसो ४ बजे सिइआइविले पक्राउ गरेको खुलेको छ ।पारिवारीक भेटघाटमा सल्यान पुगेर फर्कनेक्रममा उनलाई धादिङ्गको नौविसेबाट पक्राउ गरेको भएपनि गिरफ्तार गरेर लामो समयसम्म बेपत्ता पारिएको खुलेको हो ।

उनलाई पारिवारीक भेटघाटका लागि सल्यान पुगेर फर्कदैगरेका पक्राउ गरेपछि चरम यातना दिएका कारण उनको शरिर सुन्निएको उनिसंगै रहेका एक नेतालाइ भेट्न गएका नेताका आफन्तले जानकारी दिएका छन । उनलाई चरम यातना पश्चात महानगरिय प्रहरी परिसर टेकुमा लगेको खुल्न आएको छ । टेकुमा रहेका अन्य नेताहरुलाई भेट्न गएका नेताका आफन्तका अनुसार उनि त्यहाँ भएको खुलेको हो । यसबारे प्रहरीले कुनै जवाफ दिएको छैन ।

सल्यान दार्मा गाउपालिका अन्तरगत साविकको ढाकाडाम ३, बछेला घर भएका क्षेत्री सानैमा विद्रोही स्वभावका व्यक्ती हुन । जनयुद्धका बेला २०५५ साल कार्तिक २९ गते राति घरमा सुतिराखेको अवस्थामा स्थानिय सुराकी मार्फत प्रहरी घरमा नै पुगेर उनलाई खुकुरी तथा गोली प्रहार भएको थियो । खुट्टामा गोली, गर्दनमा खुकुरी प्रहारबाट घाइते बनेका उनि भागेर बाँच्न सफल भएका थिए । घरमा पुगेको प्रहरीले बुबा माधु खड्कालाई सोहि दिन विभत्सपुर्ण हत्या गरेको थियो ।

तत्कालिन राज्यपक्षबाट गोली हानी हत्या गरिएका श्रीमानको अनुहार जेठो छोरा असलमा देखेकी आमा र उनका परिवार अहिले चिन्तामा छन । असल क्षेत्रीकी छोरी तथा पत्रकार श्रृजना खड्काका अनुसार हजुरआमा विक्षिप्त अवस्थामा रहेको भन्दै आमाले छोराको रिहाइका लागि पहल गरिदिन माग गरेकी छन । आमाले भनिन “दुनियाँको कोहि केहि भएनन, केहि दुःख नपाएका पनि सबै जुरो ढक्काउदै हिन्छन, मेरो छोरो मात्रै किन लुकिलुकि हिड्नुपर्ने, मेरो छोराले के विराएको छ र ?, छोरा निर्दोष हुदाहुदै हिजोपनि गोली हानियो, बा मारिदिए, यसको बारेमा मेरो श्रीमानको रगतबाट बनेको सरकारले उत्तर दिनुपर्छ, बाको रगत कै कारण छोरा कसैसामु झुक्दैन । यसैकारण उसलाई थुन्नु सरकारको काम हो ।”

उनले भनिन “उहिल्यै देखि दुःख पायो, गणतन्त्रका लागि धेरै ठाउमा लड्यो उ संगैका नेताहरु संसद बने, मन्त्री बने उसले केहि मागेन फेरी दुःख गरिरह्यो, चिन्ता लाग्छ । उनले दुखी हुदै भनिन यो त गणतन्त्र हो भन्थे तर छोराले केहि गरेको छैन उ बेला बुवालाई मार्यो अव छोरालाई मार्छ होला आखिर दिन कसका लागि आए त ? उनले प्रश्न गरेकी छन । आफ्नो छोरालाई सकुशल रिहाइ गर्नको लागि पहल गरिदिन सबैमा अनुरोध गरिन ।

असल लामो समयसम्म सैन्य मोर्चामा काम गर्दै जनमुक्ती सेनाको विग्रेड सहकमाण्डरको जिम्मेवारीमा थिए । पार्टीमा दुई लाइन संघर्षमा हुदा विप्लवलाई राम्रोसंग साथ दिएका उनी महासचिव विप्लवका प्रिय पात्रका रुपमा चिनिन्छन । सेना समायोजनमा नगएर पार्टीको निर्देशन अनुसार वाइसिएलको जिम्मेवारी सम्हाल्नको लागि जिल्लामा आएका नेता असललाई तत्कालिन अवस्थामा पनि पार्टीका केहि नेताहरुले वाइसिएलको जिम्मेवारी दिएका थिएनन् तर उनि वाइसिएलको व्यूरो हुदै केन्द्रिय नेतासम्म भएर त्यो भन्दा ठुलो जिम्मेवारी पाएर काम गरेका नेता हुन ।

जिल्लामा तत्कालिन नेतृत्वमा रहेका टेक बहादुर बस्नेत, भिम प्रकाश शर्मा लगायतका नेताले वाइसिएलको नेतृत्व नबनाएर सैन्य अनुभव नभएका आफु निकटका व्यक्तीलाई नेतृत्व बनाएपनि पछि दुई लाइन संघर्षका बेला उनले तिनै नेताहरुलाई टुडिखेलमा जनस्वयमसेवक बनाएर मार्चपास बनाएका थिए ।

सल्यान घर भएका विप्लव पार्टीका केन्द्रीय सदस्य असल क्षेत्रीलार्इ गिरफ्तार गरेर बेपत्ता बनाइयाे

प्रकाशित मिति : २०७५ भाद्र ७ गते बिहिवार