• २०८० मङ्सिर १७ गते आइतवार
  • Preeti To Unicode

वस्नेत र अधिकारीलाई अार्थिक सहयाेग


भदाै ७ , दाङ । दाङका पत्रकार देविराम कुसारी र अमेरीका निवासी उहाका भाइ टिकाबहादुर कुसारीले विरामी डम्वर वस्नेत र शशी अधिकारीलाई अार्थिक सहयोग गरेका छ्न ।

रिपाेर्टस क्लव प्रदेश नम्वर पाचकाे कार्यालयमा पत्रकार सम्मेलन गरी पत्रकार कुसारीले मलेसियामा उपचार गराई रहेका तुलसिपुर १३ का डम्वर वस्नेत र वालश शशी अधिकारीकाे उपचारकाे रकम हस्तान्तरण गरेका हुन ।

रिपाेर्टस क्लवका अध्यक्ष शरद रेग्मीकाे अध्यक्षता तथा पत्रकार कुसारीकाे प्रमुख अाथित्यमा भएकाे कार्यक्रममा कुसारीका दुई भाईले डम्वर वस्नेतका लागि ११ हजार १ सय ११ रुपैयाँ नगद अार्थिक संकलन समितिका संयाेजक अनिल कार्कीलाई प्रदान गरेका हुन ।

त्यसैगरी पत्रकार कुसारीले तुलसीपुर माेतिपुरका वालक शशी अधिकारीलाई एक हजार पाच रुपैया अार्थिक सहयाेग गरेका थिए । साेही कार्यक्रममा डम्वर बहादुर वस्नेतकै लागि तुलसपुर १३ कम वडा सदस्य विनाेद पाण्डेले एक हजार प्रदान गरेका थिए ।

कार्यक्रममा शशी अधिकारिका लागि रेडियाे सञ्जिवनिका सहायक स्टेसन म्यानेजर चेतन रेग्मी, चलचित्र पत्रकार संघ दाङका अध्यक्ष ध्रुवराज न्याैपाने(डि अार एन) अनिल कार्की, घनश्याम भण्डारी, किरण केसीले जनहि पाच सयका दरले र विजय गिरिले पाच सय पचास अार्थिक सहयाेग प्रदान गरेका थिए । कार्यक्रममा पत्रकार कुसारीले अाफुले पाएकाे दुःख र पीडा सम्झेर भाई टिकाले सहयाेगकाे रकम पठाएकाे वताए ।

प्रकाशित मिति : २०७५ भाद्र ७ गते बिहिवार