• २०८० मङ्सिर १७ गते आइतवार
  • Preeti To Unicode

मन्त्रीद्धारा कृषि वजार केन्द्र र वधशाला अवलोकन


भदौ ७, दाङ । प्रदेश नम्वर ५ का भूमी ब्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले तुलसीपुरको वधशाला र कृषि वजारको अवलोकन गरेकी छन । उनले तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ५ मा रहेको मासु वजारको अवलोकन गर्दै आधुनीक मिट मार्ट निर्माण गर्नका लागि प्रदेश सरकारका तर्फबाट पहल गर्ने वताईन ।

“हरेक जनताले स्वच्छ मासु खान पाउने गरी हामीले काम गर्नेछौ ” मन्त्री पौडेलले भनिन् । उनले मिटमार्टको निर्माणसँगै लामो समयसम्म पनि मासु भण्डारण गरेर विक्री गर्न सकिने गरी नयाँ प्रविधिको व्यवस्थापनका लागि प्रदेश सरकारले सहयोग गर्ने जानकारी दिईन ।

यसै वर्षदेखि काम सुरु हुने गरी आधुनीक मिटमार्ट निर्माणलाई निरन्तरता दिइने उनको कथन थियो । उनले वधशालालाई स्वच्छ र सफा राख्नु व्यवसायीको दायित्व भएकाले जनताको स्वच्छ मासु खान पाउने अधिकारको सम्मान गर्नुपर्ने उनको भनाई थियो ।
यसैविच मन्त्री पौडेलले तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ६ मा निर्माणको क्रममा रहेको आधुनीक कृषि वजारको पनि अवलोकन गरेकी थिईन ।

अवलोकनका क्रममा उनले सामान्य गाउँको किसानले पनि कृषि उपज विक्री वितरण गर्न पाउने गरी व्यवस्था गर्न आग्रह गरेकी थिईन । सो अवसरमा तुलसीपुर उपमहानगरपालिकाले व्यापारीहरुसँगको साँझेदारीमा आधुनीक कृषि वजार निर्माण गर्न लागेको नगर प्रमुख घनश्याम पाण्डेले जानकारी गराएका थिए । उनले कृषि वजार केन्द्रमा शितभण्डारको निर्माण गर्नका लागि मन्त्रीलाई आग्रह गरेका थिए ।

प्रकाशित मिति : २०७५ भाद्र ७ गते बिहिवार