• २०७८ कार्तिक ११ गते बिहिवार
  • Preeti To Unicode

चलचित्र पत्रकार संघ दाङले मनाइदियो कोषाध्यक्ष को जन्मदिन


भाद्र-७,दाङ। चलचित्र पत्रकार संघ नेपाल,दाङ शाखाले आफ्नो नियमित कार्यक्रम अन्तर्गत आज संघका कोषाध्यक्ष शिव पुन को जन्म दिन एक कार्यक्रम गरि मनाएको छ।

संघका अध्यक्ष ध्रुवराज न्यौपाने(डि.आर.एन.) को अध्यक्षतामा भएको कार्यक्रममा संघका सल्लाहकार एवं रिपोर्टर्स क्लब नेपाल, प्रदेश नम्बर-५ का संयोजक शरद रेग्मी,राप्ती स.का राप्ती अंचल प्रमुख नारायणी रजौरे ,रेडियो सन्जिवनीका समाचार प्रमुख बिमल गौतम ,पत्रकारहरु देविराम कुसारी,निरला अर्याल गैर ,अन्जना चौधरी लगाएतले शुभकामना दिएका थिए ।

चलचित्र पत्रकार संघ नेपाल,दाङ शाखाले विगत लामो समय देखि नै जिल्ला रहेर रंगपत्रकारिता गरिरहेका पत्रकार र संघमा आबद्ध भएका पत्रकारहरुको जन्मदिन संघको आयोजनामा विषेश कार्यक्रम गरि मनाउदै आएको छ।

प्रकाशित मिति : २०७५ भाद्र ७ गते बिहिवार