सल्यानकाे बनगाड खोलाले गाडी बगायाे, यात्रुहरु गाडिबाट हाम फालरे बचे (भिडियाेसहित)


इन्द्र बुढाथोकी
भदौ ७, सल्यान ।

सल्यानकाे बनगाड खोलामा गाडिले खोला पार गर्दा गर्दै बाढी अाएपछि यात्रुहरु हाम फालेर बच्न सफल भएका छन् ।

छिन्चु-जाजरकोट सडक खण्डको बनगाड खोलामा बिहिबार बेलुका ६ बजे तिर गाडिले खोला पार गर्दै गर्दा बाढी आएपछि यात्रुले गाडि भित्रैबाट हाम फालेका हुन् । जाजरकोटबाट नेपालगञ्जका लागि छुटेको हाईस किया गाडि बनगाड खोला तर्दै गर्दा बाढि आएको थियो । सबै यात्रुहरु छिटो छिटो हाम फालेर भागेका थिए ।

यात्रुको झोला सरसमान भने खोलाले बगाएको छ । गाडि ढुङ्गामा अट्किए पछि खोलाले वगाउन सकेन । तत्तकालै डोजरको साहयताले खोलामा फसेको गाडि निकालिएको थियो । उक्त खोलामा निर्माणधिन पक्कीपुल यस अघि नै खोलाले वगाई सकेको छ ।

लामा कन्ट्रक्सन निर्माण कम्पनीले समयमा पुलको काम नगर्दा छिन्चु- जाजरकोट सडक खण्डमा उक्त खोलाले दैनिक आवत जावतमा असर गरेरेको स्थानीय गाडि व्यवसाय नन्द पुनको दुखेको छ । सो सडक खण्डमा दैनिक २ हजारको संख्यामा आवत जावत गर्ने सल्यान, सुर्खेत, जाजरकोट, डोल्पा र रुकुमका नागरिकलाई प्रत्यक्ष असर गरेको अर्का स्थानीय दिपक यरि जानकारी दिएका छन ।

खोला पार गर्दा गर्दा सयौ गाडिहरुको इन्जीनमा पानी पसेर इन्जीन सिज हुने गरेको छ । खोला वढे पछि यातायातका साधान गन्तव्यमा नपुग्दा सयौ यात्रुहरु दैनिक दिन वाटोमै अलपत्र पर्ने गरेका छन् ।

हेर्नुहाेस् भिडियाे

प्रकाशित मिति : २०७५ भाद्र ७ गते बिहिवार