• २०७९ माघ २२ गते आइतवार
  • Preeti To Unicode

सल्यानको नाम्रा गाउँका स्थानीय भेरी नदीको धमिलो पानि पिउन बाध्य


इन्द्र बुढाथोकी
भदौ ७, सल्यान ।
सल्यानको बनगाड कुपिण्डे नगरपालिका –१ नाम्रा गाउमा बसोबास गर्ने मानिसहरू भेरी नदिको पानी वर्षातमा धमिलो भएपछि चिन्तित हुन थालेका छन् ।

वर्षौंदेखि खानेपानीको स्रोतका रुपमा नदीलाई प्रयोग गर्दै आइरहेका ६० घरपरिवार रहेको गाउँका बासिन्दाले भेरी नदिको पानी पिउनका लागि प्रयोग गरिरहेका छन् । वर्षायाममा नदीमा धमिलो पानी आउने र नदी किनारमा सफा पानी नहुने भएकाले समस्या पर्ने गरेको स्थानीयवासी गोपिलाल आचाय बताउछन् । नजिकमा पानीको स्रोत कतै नभएपछि वर्षौंदेखि समस्या भोग्दै आएको आचार्यको भनाइ छ ।

धमिलो र फोहर छ भन्ने थाहा पाउँदा पाउँदै विकल्प नभएपछि बाध्यताले खानेपानीको रुपमा प्रयोग गर्दै आएको स्थानीयवासीले जानकारी दिएका छन । “गाग्रीमा पानी ल्याउँदा पानी धमिलो देखिन्छ, यो खाए रोग लाग्छ भन्ने पनि थाहा छ, विकल्प नै नभएपछि के गर्ने” आचाार्यले भने नदीबाट पानी ल्याएर केही घन्टा राख्ने र बाक्लो हिलो तल बसेपछि प्रयोग गर्ने गरेको उनको भनाइ छ ।

खानेपानीको समस्या भएको लामो समय बितिसक्दा पनि कसैको ध्यान नगएको स्थानीयवासी वीरबल पोखरेलले जानकारी दिएका छन । त्यस क्षेत्रमा खानेपानी ल्याउन जादा नुहाउन जादा बर्से्नि मानिसहरू भेरी नदिमा बेपत्ता हुने गरेका छन

प्रकाशित मिति : २०७५ भाद्र ७ गते बिहिवार