• २०७९ माघ २० गते शुक्रवार
  • Preeti To Unicode

सर्वोच्च परिसरबाट गिरफ्तार प्रकाण्डलाई बालाजु प्रहरी हिरासत पुर्याइयो


भदौ ७ , काठमाडौं ।

सर्वोच्च अदालत परिसरबाट बिहीबार साँझ (आज) बल प्रयोग गरी बिनापूर्जी गिरफ्तार गरिएका नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खडगबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई बालाजु प्रहरी वृत्त पुर्याएको छ ।

सर्वोच्च अदालतका न्यायाधीश केदारप्रसाद चालिसे र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले रिहा गर्न आदेश दिएकोमा बिहीबारै बेलुका ६ बजेर ३६ मिनेट जाँदा प्रहरीले अदालत परिसरबाट बल प्रयोग गरी गिरफ्तार गरिएको थियो ।

गिरफ्तारपछि बा २ झ १९०२ नम्बरको टामा मोवाइल भ्यानमा राखेर माइतीघरतर्फ लगिएको थियो । भ्यान इलाका प्रहरी कार्याय बनेपा काभ्रेको हो ।

बबरमहल हुँदै नयाँ बानेश्वरतर्फ लगिएको उक्त भ्यानमा सवार प्रकाण्डलाई आजै साँझ महानगरी प्रहरी वृत्त बालाजुमा पुर्याएको स्रोतले बतायो । त्यहाँबाट भोलि उपत्यकाबाहिरका जिल्ला लैजाने तयारी भइरहेको स्रोतले जनाएको ।

प्रकाशित मिति : २०७५ भाद्र ७ गते बिहिवार