जनप्रतिनिधि ज्यु ! तपाईंलाई यो स्थानमा ल्याउन मेरो सहिद बुबा र म जस्ता कयौं टुहुराको लगानी छ


लेखक : समीर श्री
भदौ ८, सल्यान।
म सानै वा समयलाई चिन्न नसक्ने थिएँ, ठूल्दाई दाङ्ग पढ्दै, माईलादाई सानै उमेमा कृषि लाई मुख्य पेशा बनाएर पढ्दै ।आजकै मिति
जवाफ कसले दिने ? त्यतिखेरका तथा अहिलेका नेताहरुले जवाफ नदिई सुखै छैन । कि त जवाफ दिनुपर्यो, होईन भने खोजतलास तथा अनुसन्धान गर्नु पर्यो । यदी दुबै सकिदैन भने आफू शहिद हुन तयार भई यो हाम्रो पिडा उनीहरुको परिवारलाई शहीदको अर्थ प्रस्ट्रयाउनलाई तयार हार्नु पर्यो ।

हिजो चुनावमा म र हाम्रो शहीद परिवारले मात्रै आज देशलाई अनि तपाई नेता ज्यु हरुलाई यो अवस्थामा ल्याएको त भन्दिन, तर म र हामी जस्ता कैयौँ टुहुरा छोराहरु,विधुवा आमाहरु,घाईतेहरु,अपाङ्गहरु तथा बेपत्ताहरु पनि लगानिका पात्र हुन , तर यो कुराका हेक्का भएको त के मनन समेत गरेको पाईदैन । तपाईहरुका छोरा बहादुर जन्मेका छन भने उनीहरुलाई सोध्नुहोस् कि, शहीद का छोराहरुमा हरेक स्वासहरुमा आफ्ना बुवाको वारेमा अहिलेका जनप्रतिनीधिहरुलाई के प्रश्न हुन्थ्यो ?

तर अझै पनि हिम्मत हारेको त छैन, बुवा जस्तै शहीदहरुले देखाएको बाटोमा कतै विचलित नभई कसैको पाईतलाको धुलो भई बाँचुला भन्ने कुरामा पनि कत्ति पनि सोच्न सकेको छैन भन्ने बचन अझैँ पनि जारी नै छ ।

चुनाव त ५ वर्षमै फेरिन्छ,अहिलेका र उहिलेका कुख्यात तथा प्रख्यातहरु अझै बदलिने अबस्था सम्मको दिमागको आर्जन गर्न सकेका छैनन्, न त भोलि बदलिने क्षमता बनाउन सकेका छन् । बुवालाई जवर्जस्त शहीद बनाएर यो अवस्थामा आउदा हामीलाई शहीद परिवार होईन भनी हिजोका वर्ग शत्रु हरु संग सम्झौता गर्न तयार भए, उनिहरुका विरुद्ध लड्ने हिम्मत म यौटा पत्रकार र मेरा दुई दाइहरुमा एक रत्ति पनि कम नभएको आभास हरेक भदौ ७ गते मात्रै हरेक सेकेन्डमा नआएको त छैन ।

अन्तमा, पैसा र पावर र आसेपासेका सामु कहिल्यै झुक्ने छैन …..

लेखक सल्यान सिवरथ निवासी सहिद पुत्र तथा पत्रकार हुन्

प्रकाशित मिति : २०७५ भाद्र ८ गते शुक्रवार