• २०७८ कार्तिक १ गते सोमवार
  • Preeti To Unicode

राप्तीका कलाकारले अष्ट्रेलिया तताउने


पूर्ण के.सी. भदौ ९, दाङ । राप्तिका चर्चित कलाकारहरु नायक पल शाह, गायक प्रकाश रेग्मी , गायिका सिन्धु मल्ल , गायिका राधिका हमाल र गायक कृष्ण रेउलेको  बेजोडको प्रस्तुति रहने आयोजकले जानकारी दिइएको छ ।

राप्ती समाज अष्ट्रेलियाले आयोजना गर्ने अन्तर्राष्ट्रिय म्युजिक अवार्ड’ कार्यक्रममा माथी उल्लेखित राप्तीका कलाकारले प्रस्तुति दिने छ्न । आउँदो सेप्टेम्बर ८ मा सिड्नीको सन्द्रेणी फङसन सेन्टरमा कार्यक्रम हुने तय भएको राप्ती समाज अष्ट्रेलियाका अध्यक्ष नरेश  रेग्मीले जानकारी दिएका छ्न ।

राप्तिको कला,भाषा , सस्कृतिलाई बिस्वब्यापी बनाउने उदेश्यले कार्यक्रम गर्नलागेको रेग्मीले जानकारी गराए। ‘यो हो राप्तीको सान, यो हो राप्तीलाई सम्मान’ भन्ने नाराका साथ हुन लागेको सो अवार्ड कार्यक्रमको प्रवेश टिकट शुल्क भने ३५ डलर तोकिएको छ । अवार्ड कार्यक्रम बाबा एजुकेशनकाे प्रायाेजनमा हुन लागेकाे हो ।

प्रकाशित मिति : २०७५ भाद्र ८ गते शुक्रवार