देवीराम कुसारी भदाै ९ , दाङ । दाङकाे बाढि प्रभावित क्षेत्र तुलसिपुर १३ बखरिया वस्ति बाढिकाे उच्च जाेखिममा रहेकाे छ ।
लगातार वर्षाका कारण बंबई नदिमा अाएकाे वहावले कटन गर्न थालेपछि नदि वस्तिमा पस्ने खतरा बढेकाे छ ।
२०७१ साल देखि लगातार कटान गर्न सुरु गरेकाे नदि नियन्त्रण नहुदा वस्तिमा वस्ने खतरा बढेकाे हाे । नदि नियन्त्रणका लागि विभिन्न निकाय, व्यक्ति र नेतासंग हारगुहार गरे पनि कसैले चासाे नदिएकाे जाेखिम समुदायका शुन्दरी वादिले गुणासाे गरिन ।
वादी समुदायकाे वस्ति रहेकाे बखरिया गाउँमा नदि पस्न अब करिव १०,१५ मिटर मात्रै वाकी रहेकाे छ । यसरी वस्ति जाेखिममा पर्दा पनि कसैले चासाे नदिएकाे भन्दै मिठ्ठु वादिले दुखेसाे पाेख्नु भयाे – “हाम्राे पहुच छैन, गरिव छाै त्यही कसैले चासाे दिएन ।”
वाढि नियन्त्रणमा सरकारले चासाे नदिदा बंबई नदिकाे पुल पनि वेकामकाे हुने देखिएकाे छ ।
नदिकाे वहावले पुल भन्दा दक्षीणतिर कटान गरि दिशा परिवर्तान गर्न सुरु गरेकाे छ । नदि नियन्त्रण भएन भने पुल भनणदा करिब दुई सय मिटर दक्षिण तिरवाट बंबई वग्ने सम्भावना बढेकाे छ । यसरी नदी नियन्त्रणमा सरकारले समयमा चासाे नदिदा कराेडाैकाे संरचाा वेकामकाे हुने छ भने थाेरै लगानिमा नियन्त्रण गर्न सकिने खर्चिलाे हुने छ । नदि नियन्त्रण गर्न खर्चिलाे मात्र नभै ठुलाे क्षेति पनि वेहाेर्नु पर्ने खतरा बढेकाे छ ।
७१ सालमा विना जग वनाएकाे ड्याम समेत नदिले वगाउने जाेखिम बढेकाे छ ।
नदिमा पानिकाे वहाव बढे पछि बखरियावासी त्रासमा रहेका छन् भने सरकार र स्थानिय तह प्रति अाक्राेसित भएका छन् । पटकपटक हारगुहार गर्दा पनि सरकारले नसुनेकाे भन्दै स्थानियले तत्काल नियन्त्रणमा ध्यान दिन माग गरेका छन् ।
७१ सालमा अाएकाे बाढिले बखरीयाकाे पुलचाेक वस्ति पुरै वगाएकाे थियाे ।