पार्वती बस्नेत
भदौ ९, दाङ ।
विश्वबन्धुत्व दिबश तथा राजयोगिनी दादीजि प्रकासमणी जि को ११औ पुण्यस्मृति दिबश कार्यक्रम आज घोेराहीमा सम्पन्न भएको छ।
ब्रह्माकुमारी ईश्वरीय बिश्व बिद्यालय दाङको आयोजनामा संञ्चालित कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि ५ नम्बर प्रदेससभा सदस्य सरस्वती गौत्मले प्रदेशका लागी स्थायी राजधानि तोक्न दुईतिहाई बहुमत चाहिने हुदा पुर्व र पश्चिम दुबैतिर दुई तिहाई बहुमतको अपुग हुने र भौगोलिक दृष्टिकोणले दाङ उपयुक्त भएको हुदा,५नम्बर प्रदेशको राजधानि दाङ नै तोक्नका लागी आफुहरुले कुटनितिक पहलको थालनी गर्न थालेको बताईन ।
कार्यक्रममा बोल्दै प्रदेससभा सदस्य गौत्मले बाहिरी सुन्दरताले भन्दा आन्तरिक सुन्दरताले समाज रुपान्तरणमा अहम् भुमिका निर्बाह गर्न सक्ने बताईन । यसैगरी कार्यक्रममा बोल्दै प्रदेससभा सदस्य गौत्मले समाजमा रहेको बिकृति,बिसंगतीका बिरुद्ध महिलाशक्ति एक भएर अगाडी बढ्न आजको आवश्यकक्ता रहेकोमा जोड दिईन ।
यसैगरी कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरिक्षक कृष्णहरी शर्मा पोख्रेलले हरेक घरपरिवार भौतिकबादी रुपमा लिन हुनपुगेकै कारण समाजमा खललता आउने गरेको बताए । त्यसैले हरेक घरपरिवारमा सौर्हादपुर्ण ब्यबहार तथा ब्यक्ति सकारात्मक रुपमा स्वयम् परिबर्तन हुन सक्यो भने समाजमा हुने विभिन्न अपराध तथा घटनाहरुमा समेत कमी आउने प्रमुख प्रहरी उपरिक्षक शर्माको भनाई थियो ।
यसैगरी कार्यक्रममा बोल्दै पतञ्जली योग समिति ५नम्बर प्रदेस संयोजक एंव सहप्राध्यापक प्रेम शाहले आत्मशक्ति वा बिचारशक्ति नै मानबको सबैभन्दा ठुलो सम्पत्ति भएको बताउदै आत्मशक्तिलाई सबल बनाउनका लागी आध्यात्मीकताको अत्यन्त आवश्यक्ता रहेको बताए भने खुसी नै जिबनको मुख्य श्रृगांर रहेको कुरामा पनि जोड दिए।
ब्रह्माकुमारी ईश्वरीय बिश्व बिद्यालय नेपालका क्षेत्रिय संञ्चालिका राजयोगिनी गिता दिदिको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा बोल्दै गिता दिदिले स्वर्गीय प्रकासमणी दादिजिको बारेमा छोटोमा जानकारी गराउदै ब्रह्माकुमारी संस्थाकी अन्र्तराष्ट्रिय पुर्व प्रशासीका डाक्टर दादी प्रकासमणीको मातृवात्सल्य,कुशल प्रशासन तथा निमित्त र निर्मलता जस्ता गुणहरुले संस्थाले अन्र्तराष्ट्रिय स्तरमा महिला सशक्तिकरण युवा सशक्तिकरण वातावरण जागृत्ति जस्ता कार्य गर्न सफल भएको बताउदै संयुक्त राष्ट्र संघ वाट समेत अन्र्तराष्ट्रिय शान्ति दुत पुरस्कारले सम्मानित हुन सफल भएको बिचार ब्यक्त गरे । संसारमा राम्रो कामका लागी चुनौति रहेको तर असम्भब नरहेको भन्दै मातृशक्ति सशक्त,जुझारु र जागरुक हुन सकेमात्र समुन्नत समाज निर्मााण गर्न सकिने बताएकि थिईन ।
यसैगरी कार्यक्रममा नेपाल टेलिकमका पुर्व कार्यालय प्रमुख नवराज सुबेदी,नार्कोनन प्रदेश ५का संयोजक बसन्त पुन लगायतले आफनो भनाई राखेका थिए भने कार्यक्रममा बिष्णु प्रसाद भट्टराईले स्वर्गीय राजयोगिनी दादीजि प्रकासमणी जि को ११औ पुण्यस्मृति दिबशको अवसरमा तयार पारिएको कबिता समेत बाचन गरेका थिए । कार्यक्रममा ५ नम्बर प्रदेशसभा सदस्य सरस्वती गौत्म र भर्खरै सरुवा भएर दाङ आएका प्रहरी प्रमुख कृष्णहरि शर्मा पोख्रेललाई स्वागत तथा सम्मान गरिएको थियो । कार्यक्रममा ब्रह्माकुमारी ईश्वरीय बिश्व बिद्यालय दाङका सहसंञ्चालीका ब्रह्माकुमारी पुष्पा दिदिले स्वागत तथा सम्मान गरेको कार्यक्रमको सहजीकरण ब्रह्माकुमार माधब तिमिल्सेनाले गरेका थिए ।