• २०७९ माघ २२ गते आइतवार
  • Preeti To Unicode

शान्ति समाज दाङ को कार्यालय स्थापना


भदौ ९ दाङ । मानवअधिकार तथा शान्ति समाज दाङको कार्यालय स्थापना गरीएको छ । तुलसीपुरको वीपी चोकमा एक कार्यक्रमका विच २१ बर्ष पछि समाजले पहिलो पटक आफ्नै कार्यालय स्थापना गरेको जिल्ला सभापति शरद रेग्मीले जानकारी दिएका छ्न ।

शान्ति समाजको कार्यालय नेपाल पत्रकार महासंघका केन्द्रिय उपाध्यक्ष विपुल पोख्रेलले बोर्ड स्थापना गर्नुभएको हो । यस अघि शान्ति समाजको कार्यालय नहुदा झोलाबाट कार्यालय सञ्चालन गर्नु पर्ने वाध्यात्म अवस्थाको अत्य भएको बताएको छ ।
कार्यालय स्थापना संगै कार्यालयमा एउटा दराज समाज सेवि ध्रुव गौतमले सहयोग गर्नुभएको छ । कुनै पनि गैरसरकारी संस्थाहरुबाट आर्थिक सहयोग नलिने तर शान्ति समाजका सदस्यहरु र शुभेच्छुक हरुबाटको सहयोगमा मात्र हरेक कार्यक्रहरु सन्चालन गर्ने केन्द्रीय नीति भएकोहुदा शान्ति समाजलाई समाज सेविहरुले सहयोग गरेकोमा अध्यक्ष रेग्मीले धन्यवाद दिए ।

प्रकाशित मिति : २०७५ भाद्र ९ गते शनिवार