• २०८० मङ्सिर १७ गते आइतवार
  • Preeti To Unicode

घर छाडेर भागेका सल्यानका ३ जना बालकको उद्धार


शंकर के सी
भदौ १०, सल्यान ।

सल्यानमा घरबाट भागेर हिडेका तीन बालकको उद्धार गरिएिको छ । १० वर्ष मुनिका तीन बालकलाइ प्रहरीले उद्धार गरि परिवारको जिम्मा लगाएको हो । कपुरकोट गाउँपालिका वडा नम्बर ४ गााडापानीका तीन बालकहरुलाइ दाङ जाँदै गरेको अबस्थामा उद्धार गरि परिवारको जिम्मा लगाएको हो ।

शुक्रबार कपुरकोट बजारबाट दाङतर्फ जाँदै गरेका ती बालकलाइ शनिबार अभिभावकको जिम्मा लगाएर घर फर्काइएको प्रहरी चौकी कपुरकोटका प्रहरी सहायक निरिक्षक कालि बहादुर मल्लले जानकारि दिएका छन् ।

घर छाडेर हिडेका बालकहरु गाँडापानी निवासी शान्त बहादुर विकको ८ वर्षिय छोरा पिमलाल विक र लाटो कामीका दुई छोराहरु वर्ष १० को विवेक विक र वर्ष ८ को वसन्त विक रहेको मल्लले जानकारी दिए ।

घरपरिवारको वेवास्ताको कारण उनीहरु घर छाडेर हिडेको बताइएको छ । कपुरकोट स्थित तल्लो बजारमा झरिले निथ्रुक्कै रुझेका बालकहरुले दाङतीर जान लागेको बताएपछि स्थानीयले प्रहरीलाइ खबर गरेका थिए । प्रहरीले सोधपुछ गरेपछि उनीहरु गाँडापानी निवासी रहेको पत्ता लागेको थियो । प्रहरी हवल्दार चेतन ओलीले भनेका छन्, ‘यदि यी बालकको समयमै उद्धार नभएको भए वेचिन पनि सक्थे । झरिमा रुझ्दै गएका बालकहरु पहिरो झरिरहने दाङ सल्यान सडक खण्डमा दुर्घटनामा पनि पर्न सक्थे ।’

शुक्रबार बेलुका तिर बालकलाइ उद्धार गरेको खबर पाउनासाथ कपुरकोट ४ का वडा अध्यक्ष हरिलाल पुन प्रहरी चौकीमा आएर घर पठाउने जिम्मा लिएका थिए । तर कपुरकोट—गााडापानी सडक पनि पहिरोले अवरुद्ध भएकाले बालकलाइ वडा अध्यक्षले घरतर्फ लैजान नसकेको प्रहरि हवल्दार ओलीले बताए ।

वडा अध्यक्ष पुनले बालकलाइ जिम्मा लिएर कपुरकोटका कुनै होटलमा खाना खुवाएर एक रातका लागी बास बसाउन खोजेका थिए । तर कुनै पनि होटलले ठाउँ छैन भनेपछि पुनः बालकलाइ प्रहरीको जिम्मा लगाउनुपरेको थियो । प्रहरी हवल्दार ओलीले भने, ‘कपुरकोटका कुनै पनि होटलले हामीलाइ सहयोग गरेनन् । बालकहरुलाइ बास बस्न ठाउँ नै छैन भने । त्यसपछि तीनजना बालकहरुलाइ प्रहरी चौकीमा खाना खुवाएर सुरक्षित साथ राख्यौँ ।’ होटलव्यवशायीहरुले बढि पैसा कमाउन कसरि सकिन्छ भन्नेतर्फमात्रै ध्यान दिएको तर सहयोगको भावना कसैमा पनि नदेखिएको प्रहरीको बुझाइ छ ।

सरस्वती आधारभुत विद्यालय गाँडापानीमा कक्षा १ र २ मा पढ्ने तीनजना बालकलाइ वेचविखन तथा जोखिममा पर्नबाट जोगाएको प्रहरीले कुनै पनि सन्तानको अभिभावकले आफ्नो अभिभावकत्व निभाउन सक्नुपर्ने बताएको छ ।

प्रकाशित मिति : २०७५ भाद्र १० गते आइतवार