दुर्गा वि.सी.
भदौ १०, सल्यान ।
सल्यानको बन्गडा कुपिण्डे नगरपालीका वडा ८ कौछेमा रिन्यएवल वल्र्डको आर्थीक सहयोगमा खानेपानी निर्माण कार्य सम्पन्न भएको छ । उक्त आयोजनाबाट विद्यालयका वालवालीका सहित गाउँका ५८ घरधुरीका स्थानीय खुसी वनेका छन् ।
गाउँमा खानेपानी नहुदाँ घण्टौको पैदल यात्रा हिडेर पिठ्युमा पानी वोकेर गुजरा चलाएका स्थानीय विभिन्न निकायको आर्थिक सहयोगमा गाउँमा खानेपानी आए पछि हर्सित वनेका छन् । आयोजना निर्माणको सोलार मुस उपभोक्ता समितीका अध्यक्ष चुडामणि पुनले कौछे टोलमा खानेपानी नहुदाँ निक्कै दुख झेलिरहेको र आयोजना निर्माणले निक्कै सजिलो र सुविधा वनाएको वताए । गाउँमा खानेपानी सहित करिव २२ रोपनी जमिन तरकारी खेतीको लागि सिंचित ७ वटा धारा निर्माण समेत भएको छन् ।
करिव साढे ४० लाख लागतमा आर्थिक सहयोग गर्ने परियोजनहरु वैकल्पीक उर्जा प्रर्वद्धन केन्द्र, विग लोटर फण्ड, पहल कार्यक्रम,प्राविधीक सहयोग आई डिई नेपाल, दलित विकास समाज सल्यान र स्थानी वासिन्दाको सहयोगमा यो निर्माण भएको दलित विकास समाज सल्यानका कार्यलय प्रमुख दुर्गा पुनले वताए । सल्यानमै यो परिक्षणीय नमुनाका रुपमा रहेको र गाउँ माथि पानीका मुहान तल भएका अधिकांस ग्रामिण वस्तीहरुमा सोलार प्रविधीबाट पानी तान्नेर सवै दुरदराजका वासिन्दालाई अत्यन्तै महत्वपुर्ण हुने दावि गरिएको छ ।
आयोजना निर्माण भई सञ्चालनमा आईससकेको छ । बन्गाड कुपिण्डे नगरपालीकाकी उपप्रमुख मञ्जु यरी लगाएत सम्बन्धीत वडाका वडा अध्यक्ष कुल वहादुर पुरीले नगरपालीकाले यस्ता खाले काम नगरिदिए पनि विभिन्न निकायको पहलमा काम सम्पन्न भई प्रयोगमा आएकोले खुसी भएको वताए । नगरपालीकाले गर्नु पर्ने काम अन्य निकायले आएर गरिदिएकोमा जनप्रतिनीधी समेत खुसी वनेका छन् ।