भदाै ११, सल्यान ।
सल्यानकाे छत्रेश्वरी गाउँपालिका अध्यक्ष सन्ताेष केसीकाे सचिवालयले पुर्णता पाएकाे छ ।
एक बर्ष अघि निर्वाचित भइसकेका अध्यक्ष केसीले साेमबार अाफ्नाे सचिवालयकाे टुंगाे लगाइसकेका छन् । जस अन्तरगत प्रेस सल्लाहकारमा पत्रकार नवीन पाैडेललार्इ ताेकिएकाे छ । त्यसैगरी कानुनी सल्लाकारमा डम्बर बहादुर ओलिलार्इ नियुक्ती दिइएकाे छ ।
त्यसैगरी गाउँपालिकाको दैनिक क्रियाकलाप तथा कामकाजमा सहजता ल्याउने भन्दै अध्यक्ष केसीले स्वकीय सचिमा जगत बुढाथाेकि र नाेगेन्द्र बुढा लाई नियुक्ति दिएका छन् ।
शिक्षामा सुधार गर्नुपर्छ : अध्यक्ष केसी
त्यस्तै गाउँपालिका अध्यक्ष सन्ताेष केसीले सुरुमा गाउँपालिकाकाे शिक्षामा सुधार गर्नु पर्ने बताएका छन् । सल्यानमा अहिलेसम्म शहर केन्द्रित केही विद्यालयहरुमा मात्रै राम्राे खालकाे शिक्षा भएकाे भन्दै उनले दुर दराजका विद्यालयहरुमा पनि राम्राे शिक्षा बनाउनु पर्ने बताएका छन् । लेकाली अनलाइन सँग कुरा गर्दै अध्यक्ष केसीले गाउँका विद्यार्थीहरु शहरमा तथा निजि विद्यालयमा अध्यान गर्न थालेकाे भन्दै सरकारी विद्यालयहरुलार्इ पनि राम्राे बनाउने बताएका छन् ।
पछिल्लाे समय अाफुले गाउँपालिकामा शिक्षाकाे सुधार गर्नै लाग्दा अाफ्नै पार्टीबाट समेत असहयाेग भएकाे काँग्रेसबाट निर्वाचित समेत भएका अध्यक्ष केसीले बताए । छत्रेश्वरी गाउँपालिका भित्र ९ अाेटा मावि विद्यालय भएकाे भन्दै उनले त्यसमध्य प्राय विद्यालयहरु प्रावि तहकाे शिक्षकहरुले चलाएकाे बताएका छन् । यसरी मावि तहकाे विद्यालयमा मावि कै शिक्षक राख्नुपर्ने भन्दै उनले प्राविकाे शिक्षक हटाउन खाेज्दा केहि व्यक्तीले विराेध गरेकाे बताएका छन् ।
अाफुले कुनैपनि हालतमा शिक्षाकाे सुधार गर्ने भन्दै उनले मावि तथा निमाविमा प्रविकाे शिक्षक हटाएर याेग्यता पुगेकाे शिक्षक राख्ने बताएका छन् । अहिले याेग्यता नपुगेकै शिक्षकले माथिल्लाे कक्षा चलाएकाेले विद्यार्थीकाे शिक्षा खस्किएकाे उनकाे भनार्इ छ । अाफुले गाउँपालिकामा गरेकाे निर्णयमा अाफु पछाडी नहट्ने भन्दै उनले याे निर्णय केन्द्र सरकामा पठाएकाे बताएका छन् । तर केन्द्रले निर्णय रद्द गरेपछि भने अाफ्नाे केहि नलाग्ने उनकाे भनार्इ छ ।
त्यस्तै विद्यालयमा विभिन्न पार्टीकाे झन्डा भिरेका कपडा लगाएर विद्यार्थीहरु पढ्न गएकाे भन्दै त्यसलार्इ राेक्न खाेजेकाे अध्यक्ष केसीले बताए । चुल्ठे, मुन्द्रे विद्यार्थीलार्इ अनुसासन सिकाउन नसक्ने शिक्षकले शिक्षामा सुधार गराैँ भन्दा उल्टै विराेध गरेकाे केसीले बताए ।