• २०७८ कार्तिक ४ गते बिहिवार
  • Preeti To Unicode

पश्चिम सल्यानमा टेलिफाेन सेवा अवरुद्व


इन्द्र बुढाथोकी
भदौ ११, सल्यान ।

पश्चिम सल्यानमा टेलिफाेन सेवा अवरुद्व भएकाे छ ।

पश्चिम क्षेत्रको बनगाड कुपिण्डे नगरपालिका ५ राउँचेको लाटुगैरेमा रहेको नेपाल टेलिकमको नमस्तेको टावर अवरुद्ध भएपछि टेलिफाेन सेवा अवरुद्व भएकाे हाे । ६ महिना अघि फागुनमा मात्र सन्चालनमा आएको टावर शुक्रवार देखि अवरुद्ध हुदा बनगाड कुपिण्डेको वडा नम्बर १, ४, ५ , ६, सिद्धकुमाख गाउँपालीकाको केहि भागमा र छिमेकी जिल्ला सुर्खेतको सिम्ता गाउँपालिकाको केही भागमा टेलिफाेन सेवा अवरुद्ध भएको छ ।

सन्चार अवरुद्ध हुदा त्यस क्षेत्रका नागरिक टेलिफोन सेवाबाट बन्चित भएका छन । नेपाल टेलिकम नेपालगन्ज बाकेकाे कार्यालयले भने खराबी आएको र त्यसको समस्या समाधान गर्ने सुर्खेत टेलिकमलाई निर्देशन दिएको प्राबिधिक शिव खनालले जानकारी दिए ।

प्रकाशित मिति : २०७५ भाद्र ११ गते सोमवार