सल्यानमा बालि बीमा प्रभाकारी नभएको भन्दै सरकारलाई ध्यानाकर्षण


सरिता चलाउने
भदौ १२, सल्यान ।
सल्यानमा बाली बिमा प्रभाकारी नभएको भन्दै बाली बिमालाई प्रभाकारी बनाउनको लागी कृषि बिकास मन्त्रालयलाई ध्यानाकर्षण पत्र बुझाईएको छ । सल्यानमा करिब ८० प्रतिशत मानीसहरु कृषिमा आधारीत भएपनि अहिले सम्म कृषकहरु बाली बिमा गर्नेमा न्युन पाएपछि बाली बिमालाई प्रभाकारी बनाउनको लागी कृषि बिकास मन्त्रालयलाई ध्यानाकर्षण पत्र बुझाईएको हो ।

जिल्लामा कृर्षिको क्षेत्रमा काम गर्ने बिभिन्न नागरीक समाज सस्था र पैरबिका लागी काम गरिरहेका ब्यक्तित्व, सरोकारवालाहरु तथा पत्रकाहरुले संयुक्त हस्ताक्षर गरी जिल्ला प्रशासन कार्यालय मार्फत कृषि मन्त्रालयमा ध्यानाकर्षण पत्र पठाइएको खाद्य अधिकार संजालका दिपेन्द्र कुमार शाहीले बताए ।
लागतको आधारमा क्षेतिपुर्ति दिईदै आएकाले बाली बिमा तर्फ किसानको चासो घटेको पाईएको छ । अहिले सम्म २ जना मात्र किसानहरुले बाली बिमा गरेका छन ।

कृर्षहरुको लागतको आधारमा नभएर उत्पादनको आधारमा क्षेतिपुर्ति प्राप्त हुनु पर्ने भन्दै निति परिमार्जनका गरिनु पर्ने र बास्तबिक कृर्षकहरु कृर्षक परिचयपत्रको ब्यवस्थाका लागी पनि ध्यानाकर्षणमा उल्लेख गरिएको छ ।

नेपाल कृर्षी प्रधान देश भएकाले सल्यान जिल्ला पनि कृर्षिको उर्वर क्षेत्रका रुपमा पहिचान बनाउदै आएकोले हरेक बर्ष बिभिन्न कारणले किसानहरुको बाली क्षेति हुने गरको गैसस महासंघका अध्यक्ष दिपेन्द्र डिसीले बताए ।

सरकारले कृषकलाई कृर्षि विमा लागतका आधारमा दिने ब्यबस्था गरेको भएपनि असीना, किरा, पहिरो, बाढि तथा बालीमा लाग्ने रोग आदी वाट नोक्सान हुने भएकाले बाली बीमामा कृषकको त्यत्ति चासो नदेखीएको बिभिन्न अध्यन प्रतिबेदनले देखाएको छ । कृषि पेशालाई व्यवसायिक, मर्या्दित र प्रभावकारी बनाउनका लागि वास्तविक किसानहरुको पहिचान र वर्गीकरण गरि कृषक परिचयपत्र जारी गर्नु र कृषि नितिमा सुधार गरि कृषकलाई लागतका आधारमा नभई उत्पादनका आधारमा बीमा उपलब्ध गराउने नीतिगत व्यवस्था गर्न जोडदार माग गर्दै शिघ्र कार्यान्वयनका लागि ध्यानाकर्षण पत्र पेश गरिएको छ ।

‘पछिल्लो समय जिल्लाले कृषिको उर्वर क्षेत्रका रुपमा पहिचान बनाउँदै आएको र हाल यहाँका करिब ८० प्रतिशत मानिसहरु कृषिमा आश्रित रहेका छन् । अत्यधिक किसानहरु फलफूल, तरकारी, पशुपालन जस्ता कृषि लाई मुख्य व्यवसाय गरि जीविको निर्वाह गर्दै आएकोले सम्बन्धित निकायको ध्यानाकर्षण गर्दछौँ’ पत्रमा भनिएको छ ।

ध्यानाकर्षण पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी कमलराज ढकालले केही नितिहरु संसोधनमा समेटिएकाले मागहरु जायज भएको बताएका छन् । आफु नितिको कार्यन्वयन गर्ने पक्षमा रहेको बताए ।

यस्तै आगामी दिनमा विभिन्न बालीको उत्पादकत्व बढाई कृषकहरुको जीवनस्तर उकास्ने, आधुनिक कृषि ज्ञानको उपयोग गरी दिगो कृषि विकासमा टेवा पु¥याउने लक्ष्य लिईने हरप्लेस सल्यानका संयोजक रामचन्द्र रेग्मीले बताउनु भयो । उहाँका अनुसार दीर्घकालीन कृषि योजनाको लक्ष पूरा गर्न कार्यक्रम तर्जुमा गर्ने, कृषिमा आधारित उद्योगहरुलाई आवश्यक कच्चा पदार्थ उत्पादनमा बृद्धि गने, आयमूलक रोजगारीको अवसर बृद्धि गर्ने बताए ।

प्रकाशित मिति : २०७५ भाद्र १२ गते मङ्गलवार