• २०८० मङ्सिर १७ गते आइतवार
  • Preeti To Unicode

सल्यानका एकजना कामदारकाे जाजरकाेटमा भिरबाट लडेर मृत्यु


भदाै १२, जाजरकोट
सल्यानका एकजना कामदारकाे जाजरकाेटमा भिरबाट लडेर मृत्यु भएकाे छ ।

सल्यानकाे भल्चौर घर भएका वास्तविक नाम नखुलेका कामदारकाे जाजरकाेट भेरी नगरपालिका–३ लभ रोडको भीरवाट खसेर ज्यान गएकाे हाे ।  झण्डै एक सय मिटरकाे भीरबाट खसेर उनकाे मृत अबस्थामा  लास फेला परेको प्रहरीले जनाएकाे छ ।

उनि दुई बर्ष पहिलेदेखि जाजरकोटको खलंगामा ट्रक तथा गाडी लोड, अनलोड गर्दै आएको बुझिएको छ । उनको बास्तवीक नाम भने, कसैलाई जानकारी नभएको बुझिएको छ । तर उनीसंगै ट्रक तथा गाडी लोड, अनलोड गर्दै आएका अन्य मजदुरहरुले उनको नाम नरबहादुर बोहरा रहेको बताएका छन् ।

लभ रोडको भीरवाट खसेर सय मिटर तल पुगेका सल्यानीको लास बाख्रा चराउन जंगल पुगेका केटाकेटीले देखेपछि अस्थायी प्रहरी पोष्ट ठाँटीलाई जानकारी दिएका थिए ।

जिल्ला प्रहरी कार्यालय, जाजरकोटको एक टोली घटना स्थलमा पुगेर आवस्यक कानूनी प्रक्रिया पुरा गरेर पोष्टमार्टम गर्न लास अहिले जाजरकोट अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालय, जाजरकोटले जनाएको छ ।

घटना सम्बन्धी थप अनुसन्धान भई रहेको प्रहरी नायव उपरिक्षक रविन्द्र सिंहले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २०७५ भाद्र १२ गते मङ्गलवार