• २०७८ कार्तिक ८ गते सोमवार
  • Preeti To Unicode

अबिरल बर्षाले सल्यानमा घर भत्किदा एउटै घरका ५ जनाकाे मृत्यु, एक घार्इते


लेकाली अनलाइन
भदौ १३, सल्यान ।

सल्यानमा घर भत्किदा एकै घरका ५ जनाकाे मृत्यु भएकाे छ ।

जिल्लाकाे बागचौर नगरपालिका- ४ सिमाखोली सेतोगुराँसमा स्थानीय राम सिंह कामीकाे गएराती ९ बजे अविरल वर्षा पछि पानीले भिजिएको भित्ता(दिवाल) भत्कीदा तथा दलिन भाचिदा घर भत्किएपछि उनि सहित उनकाे ५ जनाकाे परिवारकाे ज्यान गएकाे हाे । मृत्यु हुनेमा ३९ बर्षिय राम सिंह कामी, ३५ बर्षिया राम कला कामी, ७ बर्षिया गंगा कामी, ५ बर्षिया प्रमिला कामी  र ४ वर्षका रुपलाल कामी रहेकाे जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख प्रहरी नायव उपरिक्षक विरेन्द्र वहादुर शाहले जानकारी दिएका छन् ।

यस्तै सोही घटनामा ११ वर्षिय सुनिता विक घाईते भएकी छन्  । घरको भित्ता भत्कीएको र सवै पुरिएको खवर घाईते सुनिताले गाउँलेहरुलाई गरेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

घटना स्थलमा प्रहरी निरिक्षकको नेतृत्व प्रहरी टोली पुगिसकेको र प्रमुख जिल्ला अधिकारी कमलराज ढकाल सहितको जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरुको टोली पनि घटनास्थल जाँदै गरेको जिल्ला प्रशासन कार्यालय सल्यानले जनाएको छ ।

प्रकाशित मिति : २०७५ भाद्र १३ गते बुधवार