• २०७९ माघ २२ गते आइतवार
  • Preeti To Unicode

आसन्न नेपाल प्रेस युनियन दाङको सभापतिका दाबेदार देवकोटा


भदौ १३, दाङ ।

आसन्न नेपाल प्रेस युनियन दाङ साखाको सभापति पदमा संचारकर्मी बिष्णुकुमार देवकोटाले दावि पेश गरेका छन् ।  २०५७ सालदेखी अनवरतरुपमा संचारक्षेत्रमा कृयासील देवकोटा प्रेस युनियनका केन्द्रि पार्षद् हुन् ।

रेडियो पठशाला १०४ मेगाहर्जको सेयर सदस्य तथा पुर्व सह सम्पादक, दाङ एक्सप्रेस राष्ट्रिय साप्ताहिकका प्रकासक तथा सम्पादक समेत रहिसकेका देवकोटा हाल राष्ट्रिय अनलाइन पत्रकार संघ को प्रादेशिक समिति प्रदेश नं ५ को सचिव समेत छन् ।  निडर तथा खोज अनुसन्धानमूलक पत्रकारीता गरीरहेका देवकोटा हाल सैघाली खबर डटकम संग आबद्ध पनि छन् ।

विभिन्न संघ संस्थाहरुमा समेत संलग्न देवकोटा जिल्ला युवा संजाल दाङको संस्थापक अध्यक्ष समेत हुन।  गाँउघर सात दिनेबाट अनौपचारीकरुपमा पत्रकारीता सुरुगर्नुभएका देवकोटा लामो समय सम्म रेडियो इन्द्रेणी एफ.एफ. ९२.४ मेगाहर्ज मा काम गरेका थिए ।

हाल देशभरका दर्जन बढि अनलाइन नेटवर्क संग सम्बद्ध देवकोटा स्थानीय टेलिभिजन सिएनमा समेत कार्यअनुभव भएका व्यक्ति हुन । देवकोटालाई नजिकबाट चिन्नेहरुले प्रेस युनियनको सहि नेतृत्व प्रदान गर्न देवकोटाको नेतृत्व आवस्यक रहेको बताउँछन् ।

प्रकाशित मिति : २०७५ भाद्र १३ गते बुधवार