• २०८० मङ्सिर १७ गते आइतवार
  • Preeti To Unicode

दाङमा गिद्ध दिवस मनाईने


भदौ १३, दाङ । दाङमा दशौ अन्तराष्ट्रिय गिद्ध संरक्षण सचेतना दिवस मनाउन लागीएको छ । पर्यावरणीय दिगो बिकास एवं अनुसन्धान केन्द्रले भदौ १४ गते बिहीबार दिवस मनाउन लागेको संस्थाका कार्यक्रम संयोजक तुल्सीराम वलीले जानकारी दिििए घोराही उपमहानगरपालीका वडा नं. २ को चरीङ्गे तालमा प्रदेश सभामुख पुर्ण बहादुर घर्तीको उपस्थितमा दिवस मनाउन लागीएको वलीले जानकारी दिििए

नेपालका विभिन्न जिल्लामा गिद्ध संरक्षणका क्षेत्रमा काम गर्दै आएका संस्थाहरुले गिद्ध संरक्षणकालागी सचेतना फैलाउने उद्येस्यले सचेतनामुलक ¥याली, क्याम्पस तथा विद्यालय स्तरिय संरक्षण शिक्षामुलक प्रतियोगिताहरु गरी दिवस मनाउन लागीएको राष्ट्रिय गिद्ध सञ्जालका अध्यक्ष डिल्ली बहादुर रावतले जानकारी दिए ।

प्रत्येक बर्ष सेप्टेम्बर महिनाको आसपासमा एक हप्तासम्म अन्तराष्ट्रिय गिद्ध सचेतना दिवश संसारभर मनाईन्छ । गिद्धको महत्व, लोप हुनुको कारण र संरक्षणका प्रयासबारे जनचेतना जगाउनका निम्ति अन्तराष्ट्रिय गिद्ध दिवस मनाइदै आएको नेपाल पन्क्षि संरक्षण संघका परियोजना अधिकृत भुपाल नेपालीले बताए ।

नेपालीका अनुसार नेपालमा मात्रै २० वटा भन्दा बढी विभिन्न संस्थाहरुको संलग्नतामा यो दिवस मनाइदै छ । यो दिवश दक्षिण अफ्रिकामा सन् २००५ देखि नै मनाईदै आएको “राष्ट्रिय सचेतना दिवश” बाट बिकसित भई सन् २००९ बाट अन्तराष्ट्रिय दिवशको रुपमा मनाउन थालिएको हो । दिवसका अवसरमा पर्यावरणका बिषयमा तिज गित प्रतियोगीता पनि राखीएको छ ।

प्रकाशित मिति : २०७५ भाद्र १३ गते बुधवार