• २०७९ असोज १३ गते बिहिवार
  • Preeti To Unicode

सल्यानकाे भाेटेचाैरमा १५ जना सुस्त मनस्थितीका विद्यार्थीहरुलाई निशुल्क पोसाक वितरण


भदौ १३, सल्यान ।

सल्यानकाे छत्रेश्वरी गाँउपालिका- ६ भाेटेचाैरमा रहेको त्रिभुवन जनता माबिका १५ जना सुस्त मनस्थितीका विद्यार्थीहरुलाइ निशुल्क पोसाक वितरण गरिएको छ। श्रीनगरमा अबस्थित एलिसा बस्त्रालयका सन्चालक तथा युबा ब्यबसायी खिम केसीले आफ्नो निजि लगानीमा पाेसाक वितरण गरेका हुन् ।

१५ थान पोसाक आज एक कार्यक्रमका बीच बिद्यालयकाे प्राङगनमा छत्रेश्वरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्ली खड्काकाे विषेश उपस्थितीमा वितरण गरिएकाे गाउँपालिकाका प्रेस संयाेजक नविन पाैडेलले लेकाली अनलाइनलाइ जानकारी दिएका छन् । विशेषगरी कान नसुन्ने (सुस्त श्रबन)बिद्यार्थीहरुलाइ पोसाक बितरन गरियको हो।

वितरण कार्यक्रममा बाेल्दै  प्रमुख प्रशासकीय अधिकृत खड्काले आफ्नो ब्यबसाय बाट प्राप्त गरेको मुनाफा बाट गरेको यो कार्य उत्कृष्ट तथा नमुना भएको बताएका छन् । आफ्नो व्यावसायको मुनाफा बाट पोसाक उपलब्ध गराएका युबा ब्यबसायी खेम केसी लगाएत अन्य ब्यबसायी तथा सम्पुर्णलाई यस्ता सामाजिक कार्यमा सक्रियता जनाइराख्नको लागि उनले आग्रह गरेका छन् । साथै सहयाेग गर्ने खेम केसीलाइ पनि प्रशासकीय अधिकृतले धन्यवाद दिएका थिए ।

पोसाक बितरण कार्यक्रममा छत्रेश्वरि गाँउपालिका वडा नम्बर ६ का वडा अध्यक्ष चुडामनि दसौती(दिपमनि), गाउँ शिक्षा शाखाका प्रमुख दल बहादुर राना, शिक्षक, विद्यार्थी लगायतको उपस्थिति रहेको थियो। कार्यक्रमको सहजीकरण बिधालयका प्रधानाध्यापक चन्द्र बहादुर पुनले गरेका थिए।

प्रकाशित मिति : २०७५ भाद्र १३ गते बुधवार