• २०८० मङ्सिर १७ गते आइतवार
  • Preeti To Unicode

घर भत्किदा लुटिएकाे खुसी, बाँचेका ३ बालिकालार्इ कसले गर्ला सहयाेग (घटनाकाे विस्तृत जानकारी)


खकेन्द्र केसी
भदौ १३, सल्यान ।
सल्यान बागचौर नगरपालिका ४ सिमाखोली सेतोगुराँसमा मंगलबार राती स्थानीय राम सिंह विकको घर भत्किदा उनि सहित ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एकै घरका ४० वर्षका बुबा रामसिह कामी, ३५ वर्षकी आमा रामकला कामी रहेका छन । यस्तै छोरीहरु ७ वर्षिय गंगा कामी, ६ वर्षिय प्रमिला कामी र ४ वर्षका छोरा रुपलाल कामीको पनि मुत्यू भएको छ ।

कसरी घट्यो घटना
उनको परिवार प्राय वर्षायाको समयमा सेतोगुराँस भन्ने ठाउमा वस्ने र हिउदमा अर्को घरमा बस्दै आएको स्थानीयहरुले बताएका छन । भत्किएको घर पनि सेतोगुराँसमा पर्दछ । बर्खाको समयमा बस्ने उक्त घरलाई गाउँघरमा गोठ भन्ने गर्दछन् । भत्किएको त्यो गोठ करिब ९ बर्ष अघि बनाएको स्थानीयले बताएका छन् ।

एक तलाको उक्त गोठमा उनिहरु तल्लो तलामा पशुहरु बाध्ने र माथिल्लो तलामा आफुहरु सुत्ने गर्दथे । मंगलबार रामसिहं विक स्थानीय वाङगेलाखुरी बजारमा सामान किनमेल गर्न गएका थिए । बजारवाट आफ्नो परिवारलाइ लत्ताकपडा र आफ्नो श्रीमतिलाई सुन किनेर ल्याएको स्थानीय प्रकाश विकले बताए ।

घरमा उनको ९ जनाको परिवार भएपनि जेठि छोरी विवाह गरेर बाहिर गएपछि ८ जनाको परिवार थियो । त्यो दिन दुईओटी छोरी आफन्तकोमा बास बस्न बाहिर गएकी थिइन् । अन्य बाँकी ६ जनाको परिवार खानपनि खाएर सँगै माथिल्लो तलमा सुतेका थिए । पुर्वतिरको भागमा सिरानी गरेर सबै सँगै सुतेका उनिहरु राती ९ बजेतिर घरको तल्लो तलाको दलिन भाँचिएपछि ५ जना सिरान सहित तल्लपट्टी खसे । अनि तल खसेका सबैलाई माथिबाट अन्य दलिन र घरको भित्ताले च्याप्यो ।

तर एकजना छोरी सुनिता विक माथि नै अडिएकाले बचिन । घरको दलिन पनि उनिहरु सुतेको भागको मात्रै झाँचिएको छ । बाँचेकि सुनिताले आफु समान्य रहेको र वहीनी गंगाले चिच्याउदै कराउदै, वचाउ भन्दै गर्दा आफुले वचाउन खोज्दा पनि वचाउन नसकेकोे बताइन् । उनले रुदै भनिन्– “मैले बचाउनको लागी धेरै प्रयास गरे तर सकिन मैले वचाउन नसकेपछि हजुर वुवा वस्ने घरमा चिच्याउदै करिव १५ मिनेटको वाटो दौडेर खवर गरे तर आउदा सवैको ज्यान गएको रहेछ ।”

घटणाले सबैको ध्यान तान्यो
घटना स्थलमा जिल्ला प्रशासन, जिल्ला पहरी कार्यालय, अनुसन्धान कार्यालय सल्यान र वागचौर नगरपालिका सल्यानवाट सम्वन्धीत निकाय पुगेका थिए । घटनामा मृत्यु भएका मृतकका परिवारलाई क्रिया खर्च भनेर जिल्ला प्रशासन कार्यलय सल्यानले राहात स्वरुप एक लाख रुपैया प्रदान गरेको छ । प्रमख जिल्ला अधिकारी कमल राज ढकालले बुधबार बिहान घटना स्थलमै पुगेर नगरप्रमुख लोकमान बुढाथोकी, वडा अध्यक्षहरु लगायतको रोबहरमा राहात स्वरुप एक लाख रुपैया क्रिया खर्च भनेर मृतकका परिवारलाई प्रदान गरेका हुन ।

यसैबिच कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले शोक बक्तब्य प्रस्ताब पारित गरेर समवेदना व्यक्त गरेका छन् । बागचौर नगरापलिका सल्यानल पनि मृतकहरुप्रति शोक बक्तब्य प्रस्ताब पारित गरेको छ ।

त्यस्तै समाजिक संजाल फेसबुकहरुमा पनि बिभिन्न व्यक्तीहरुले पनि घटणाको दुख व्यक्त गर्दै शोक शब्द लेखेका छन् ।

क्रिया खर्च त पाए तर जिवन खर्च कसले देला
यो घटणले समग्र सल्यान जिल्लाको मन छोएको छ भने सो परिवारमा अकल्पनीय ठुलो क्षेती पुगेको छ । ८ जनाको परिवारमा ५ जनाको मृत्यु भएपछि अब ३ जनाको बिचल्ली भएको छ । मृतको काचक्रियाको लागी त ति बालिकाहरुले सहयोग त पाए तर जिवनयापनको लागी कसले सहयोग गर्ला ?

अती न्युन स्थरको अबस्थामा रहेको सो परिवारमा कमाएर खुवाउने अविभावको नै मृत्यु भएपछि अहिले सानो उमेरका तिनओटी छोरीलाई कसले हेरचाह गर्ला, को सहयोगी बन्ला, कसले शिक्षा देला !

त्यस्तै एम एम एकाडेमी सल्यानका संस्थापक महेश देवकोटाले जिबित बालबालिकाहरुलाई खानपानको ब्यबस्था कसैले मिलाएमा आफुले कक्षा १० सम्म निशुल्क पढाउने फेसबुकमार्फत घोषणा गरेका छन् ।

याे पनि 

अबिरल बर्षाले सल्यानमा घर भत्किदा एउटै घरका ५ जनाकाे मृत्यु, एक घार्इते

http://www.lekalionline.com/archives/11681

प्रकाशित मिति : २०७५ भाद्र १३ गते बुधवार