लेकाली अनलाइन
भदौ १२, सल्यान ।
करोडौं बजेट परेको सल्यान बागचौर–कोटमौला–पातिहाल्न सडक खण्ड अझै हिलाम्य अवस्थामा छ ।
एक दशक पहिले नै खोलिएको बागचौर–कोटमौला–पातिहाल्न सडक खण्ड सधै बर्षा याममा हिलाम्य हुने र गाडीहरु नचल्ने अवस्थामा पुगेको हुन्छ । जहाँ कोटमौला पातिहाल्न लगाएत रोल्पा सम्मका यात्रुहरु राप्ती राजमार्गको कालाखेत तथा बागचौरबाट हिडेर जाने गर्दछन् । रोल्पाको गंगादेव गाउँपालिका समेत पुग्ने उक्त सडक विस्तारको लागी बर्षेनी करोडौको बजेट सकियो तर अहिले सम्म सडको अवस्था उस्तै नाजुक रहेको छ ।
केहि दिन अघि मात्रै राेल्पाबाट अाफै डाेजर ल्याएर सडक मर्मत गरेका गंगादेव गाउँपालिका अध्यक्ष बिर बहादुर केसीकाे चर्चा भयाे । तर त्यसकाे एक हप्तामै सडक झन नाजुक अबस्थामा पुगेकाे छ । बर्षा यामकाे समयमा सधै यस्तै हुने याे सडक कहिले पिच हाेला भनेर धेरैले अाषा गरे तर त्याे अहिलेसम्म पुरा भएकाे छैन् ।
सुन्तलाको लागी पकेट क्षेत्र मानिने सल्यानको कोटमौला र स्याउ तथा आलुको लागी पकेट क्षेत्र मानिने रोल्पाको गंगादेव जाने यही बाटो पर्दछ । सडकको यस्तो अबस्थाले गर्दा अहिले बर्र्षाको समयमा यो क्षेत्रका किसानले उत्पादन गरेका कृर्षी जन्य वस्तुहरु बाहिर निकास गर्न कठिनाइ भएको छ । त्यस्तै बाहिरबाट खरिद गरेका दैनिक उपभोगीय सामानहरु बजारसम्म पुर्याउन पनि कठिनाइ भएको पातिहाल्नका व्यापारीहरु बताउछन् ।
गएको बर्षमा कालोपत्रेका लागी साढे ३ करोडको बजेट परेको यो सडक अहिले अलपत्र अवस्थामा पुगेको छ । तत्कालिन संसद विकास कोषबाट थप बजेट राख्ने भन्दै पिच गर्न लागिएको तर ३ किलोमिटर मात्रै पिच गरेर अलपत्र परेको सो सडक समस्या समाधान समितीका अध्यक्ष धनेन्द्र विमल ओलीले लेकाली अनलाइनलाइ बताएका छन् ।
यसअघि लेकाली अनलाइनलार्इ सँग कुरा गर्दै राेल्पा गंगादेव गाउँपालिका अध्यक्ष केसीले बाटाे सल्यानमै परेपनि बर्षातकाे समयमा बिग्रीएपछि कसैले मर्मत नगरेकाले अाफुहरु राेल्पाबाट अाएर मर्मत गरेकाे उनले बताएका थिए । करिब १ लाख २५ हजार रकम खर्च गरेर बागचाैरकाे शारदा नदि देखि पातिहाल्न बजारसम्म सडक मर्मत गरेकाे उनले बताएका हुन । तर त्यसकाे एक हप्तामै सडक बिग्रीएपछि नागरिकले सास्ती पाएका छन् ।
अब नगरभित्रकाे मुख्य सडकमा हेरिने याे सडक कहिले कालाेपत्रे हाेला भनेर अाम नागरिकले चासाे राखेका छन् !
संबन्धित समाचार
सल्यानकाे बागचाैरमा बिग्रिएकाे सडक मर्मतमा कसैले चासाे नदिएपछि राेल्पाली अाएर मर्मत गरे
http://www.lekalionline.com/archives/11408
अलपत्र परेकाे ४ कराेडकाे सल्यान बागचाैर–पातिहाल्न सडक, नेताहरु कुन बाटाे हिड्छन् हाेला ?
http://www.lekalionline.com/archives/11001