लेकाली अनलाइन
भदौ १४, सल्यान ।
सल्यानकाे बागचाैर नगरपालिकाले शिक्षा शाखाकाे काजमा वडा नम्बर ९ मा रहेकाे शिशु जागरण मावि खाेरबारेका शिक्षक विरेन्द्र प्रकाश डिसीलार्इ नियुक्ती गरेपछि उक्त विद्यालयमा विद्यार्थीहरुले अान्दाेलन गरेका छन् ।
कक्षा ६, ७, ८ मा गणित विषय र ९, १० मा अर्थशास्त्र विषय पढाइरहेका निमावि तहका शिक्षक डिसीलार्इ यहि भदाै २ गते बागचाैर नगरपालिकाले नगर शिक्षा शाखामा नियुक्ती दिएपछि अहिले खाेरबारेकाे विद्यालयमा पठन पाठन अवरुद्व भएकाे विद्यार्थी माेहन अाेलीले बताएका छन् । उनले भने-“बिरेन्द्र सर कसैलार्इ जानकारी नै नदिएर बागचाैर गएपछि हाम्राे पठन पाठन अवरुद्व भएकाे छ, त्यसैले हामीले अान्दाेलन गरेका छाैँ ।” शिक्षक नहुँदा अफुहरुले अान्दाेल गरेकाे अर्का विद्यार्थी विवेक अाेलीले बताए ।
यस विषयमा विद्यालय व्यवस्थापन समितीका अध्यक्ष लाेक बहादुर डाँगीले नगरपालिकाले अाफुहरु सँग कुनै समंन्वय नगरेर शिक्षक काजमा तानेकाे बताएका छन् । निमावि तहका शिक्षक डिसीलार्इ एक्कासी नगरपालिकाले अाफ्नाे विद्यालयबाट तानेर लगेकाेले अहिले पठन पाठन अबरुद्व भएकाे उनले लेकाली अनलाइनलार्इ बताएका छन् । अाफ्नाे विद्यालयमा शिक्षककाे संख्या कम भएकाे बेला नगरपालिकाले कुनै सल्लाहा विना नै शिक्षक तानेकाे उनले बताए ।
नगरपालिकामा दुर्इअाेटा परिषद सम्पन्न भइसक्दा पनि अाफ्नाे विद्यालयलार्इ नगरपालिकाले कुनै सुविधा तथा बजेट नदिएकाे उनले अाराेप लगाएका छन् । उनले भने- “विद्यालय सुधारकाे लागि भाैतिक निर्माणमा पहिले धेरै खर्च भएकाे र अहिले पनि विद्यालय ऋणमै रहेकाे छ तर नगरपालिकाले याे विद्यालयलार्इ कुनै चासाे देखाएकाे छैन् ।” त्यस्तै उनले बागचाैर नगरपालिकाले पटक पटक अाफ्नाे विद्यालय माथि नै अाक्रमण गरेकाे बताएका छन् ।
विद्यालयमा पठनपाठन अवरुद्व भएपछि विद्यार्थीहरुले विद्यालयमा तालाबन्दी लगाउन खाेज्दा अाफुले बागचाैर नगरपालिकाकाे शिक्षा शाखा सँग समंन्वय गरेर शिक्षक माग गर्ने अाश्वासन दिएर विद्यार्थीलार्इ अान्दाेलनबाट राेक्न खाेजकाे अध्यक्ष डाँगीले बताएका छन् ।
यता बागचाैर नगर शिक्षा शाखाका प्रमुख टेक बहादुर डिसीले खाेरबारेकाे विद्यालयमा शिक्षककाे धेरै दरबन्दी भएकाेले विरेन्द्र प्रकाशलार्इ नगर शिक्षा शाखामा तानेकाे बताएका छन् । लेकाली अनलाइन सँग कुरा गर्दै उनले शिक्षककाे संख्या बढी भएकाेले तानेकाे र अब विद्यार्थीकाे माग अनुसार अर्काे शिक्षक छिटै पठाउने बताएका छन् । तर उनले प्रावि तहकाे शिक्षक पठाउने बताए । यदी दरबन्दीमा शिक्षक दिन नसकिएमा नगरपालिकाबाट अनुदान दिने पनि उनले बताएका छन् ।
त्यस्तै नगरपालिकाकाे शिक्षा शाखाले निर्णय गरेर शिक्षक तानेकाले विव्यस सँग त्यस्ताे समंन्वय गर्न अाबश्यक नभएकाे समेत उनले बताएका छन् ।
शिक्षक बिरेन्द्र प्रकाश डिसीलार्इ बागचाैर नगरपालिकाले तल उल्लेखित काज सम्बन्धमा भन्ने पत्रकाे बाेधार्थमा शिक्षा विकास तथा समन्वय इकार्इ सल्यानलार्इ जानकारीकाे लागी भदाै ६ गते पत्र काटेकाे देखिन्छ तर यता शिक्षा विकास तथा समन्वय इकार्इ सल्यानका प्रमुख लिलाधर बबालले अहिले सम्म अाफुलार्इ कुनै जानकारी नभएकाे बताएका छन् ।