• २०८० मङ्सिर १७ गते आइतवार
  • Preeti To Unicode

सल्यानी युवाहरु कृर्षी व्यवसायीमा, उत्पादित बिरुवा किसानलार्इ निशुल्क वितरण गर्ने (भिडियाे सहित)


लेकाली अनलाइन
भदौ १४, सल्यान ।

सल्यानमा केहि युवाहरूले कृर्षी क्षेत्रमा अलि फरक खालकाे काम सुरु गरेका छन् ।

जिल्लाका केहि युवाहरू मिलेर श्रीनगर बजार नजिकै सात राेपनी उव्जाउ जमिन भाडामा लिएर विभिन्न प्रजातिका फलफुलका विरुवाहरू लगाएका छन् । उनिहरूले अरू कामबाट बचेकाे अाफ्नाे दैनिक २ घण्टाकाे समय कृर्षीमा दिने गरेकाे बताएका छन् ।

सात राेपनी जमिन मध्य तिन राेपनी जमिनमा उनिहरूले अहिले अनार, कागती, टिमुर लगाएतका फलफुलका बिरुवा उमार्न लागेका छन् । कृषकहरूलाई सहज बनाउने लक्ष्यका साथ याे काम गरिएकाे युवा तथा कृषि प्राबिधिक किशोर चन्दले बताएका छन् ।

उनिहरुले उक्त विरुवाहरु हुर्काएर किसानहरुलार्इ निशुल्क वितरण गर्ने बताएका छन् । जिल्लाभरी किसानकाे समुह बनाएर बिरुवा निशुल्क वितरण गर्ने र पछि किसानले उत्पादन गरेकाे फलफुल पनि अाफुहरुले नै बजारीकरण गर्ने युवाहरुकाे याेजना भएकाे बताएका छन् । उनिहरुले अाफ्नाे समुह बाहिरका केहि न्युन वर्गका किसानहरुलार्इ पनि कृर्षीमा जाेड्नकाे लागी निशुल्क विरुवा वितरण गर्ने बताएका छन् ।

त्यस्तै खेतमा काम गरिरहेका अर्का युवा दीपेश बस्नेतले पनि यो कार्य गर्न अनेकाैँ समस्या भएपनि  जीवन गुजाराको लागि दुनियाँको माझ आफुले पाइला टेक्ने ठाँउ खोजिरहेको बताएका छन। यो  कार्यको लागि सरकारी तथा गैरसरकारी नियाकाएले के सहयोग गरेकाे छ भन्ने लेकाली अनलाइनकाे प्रश्नमा अर्का युवा प्रेम ओलिले अहिले जीवन चलाउनको लागी बाटो बनाउदै गरेको बताएका छन् । उनले अाफ्नाे बचेकाे केहि समय यसमा दिएकाले कसैले सहयाेग नगरेकाे बताएका छन् ।

यो बिरुवाको लागि जमिन कसरी तयार पार्ने भनी कुरा प्रेम ओलिले कृषि प्राबिधिक किशोर चन्द सँग गरीएकाे कुराकानी हेर्नुहाेस्

प्रकाशित मिति : २०७५ भाद्र १४ गते बिहिवार