लेकाली अनलाइन
भदौ १४, सल्यान ।
कञ्चनपुरको भीमदत्तनगरपालिका–२ खोल्टीकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारालाई कारबाहिकाे माग गर्दै सल्यानमा विद्यार्थीहरुले बिरोध र्याली निकालेका छन् ।
बलत्कार पछि गत साउन १२ गते भीमदत्तनगरपालिका–१८ निम्बुखेडास्थित उखुबारीमा हत्या गरी फालिएको थियाे । त्यसैकाे विराेधमा सल्यानकाे खलंगामा रहेकाे एमएम एकाडेमिका विद्यार्थीहरुले अाज बिराेध र्याली निकालेका हुन् । “निर्मला पन्तको हत्यारालाई जन्म कैद हुनुपर्छ, बालबालिकामा हुने यौन दुव्र्यवहार अन्त हुनु पर्छ” लगाएतका नाराहरु उनिहरुले लगाएका थिए ।
खलंगाकाे नयाँ बसपार्कमा रहेकाे विद्यालयबाट सुरु भएकाे र्याली पुरानाे बसपार्क हुँदै टुडिखेल अाएर फेरी पुरानाे बसपार्कमा गएर काेण सभामा परिनत भएकाे थियाे । कार्यक्रमलार्इ अस्मिता भण्डारी , शुशिला बुढाथोकी र मनु केसीले संबाेधन गरेकी थिइन् भने संचानल गंगा बुढाथोकीले गरेकी थिइन् ।
पन्तकाे हत्यामा संलग्न भन्दै प्रहरीले यसअघि भीमदत्त नगरपालिका–१९ बागफाँटाका ४१ वर्षीया दिलीपसिंह विष्टलाई सार्वजनिक गरेको थियो । बागफाँटाका विष्ट मानसिक अवस्था ठीक नभएका व्यक्ति भएको र वास्तविक हत्यारालाई प्रहरीले सार्वजनिक गर्न नसकेको स्थानीयवासीको आरोप छ ।
हेर्नुहाेस् भिडियाे