• २०८० मङ्सिर १७ गते आइतवार
  • Preeti To Unicode

सल्यानमा सोझा सिधा द्वन्द पीडितले राहत नपाएको गुनासो


मिना खड्का
भदौ १४, सल्यान ।
द्वन्द पीडितलाई सरकारले राहात स्वरुप दिएको पैसा सोझा सिधाले नपाएको सल्यानमा गुनासो आएको छ ।

३५औं अन्तरास्ट्रिय बेपत्ता दिवसको अबसरमा सल्यानमा भएको कार्यक्रममा बागचौर नगरपालिकाका घमण्ड बुढाथोकीले आफु जस्ता सोझा सिधा जनताले राहत नपाएको तर टाठाबाठाहरुले पाएको दुखेसो गरेका छन् । त्यस्तै आफ्नो छोरा अहिलेसम्म वेपत्ता पारिएकोे भन्दै उनले छोराको कि सास कि लास दिनुपर्ने भन्दै सरकार सँग माग गरेका छन् । शान्ति समिति गठन भएको ४ वर्ष पुगिसक्दा पनि सशस्त्र द्वन्दका बेला बेपत्तामा पारिएकाको परिवारलाई अझैँ पनि कुनै प्रकारको सान्त्वना दिन नसकेको भन्दै उनले दुख व्यक्त गरेका थिए ।

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सल्यानको आयोजामा सदरमुकाम खलंगामा भएको कार्यक्रममा शान्ति समिति सल्यानकी पुर्व सचिव विष्णु शर्माले सरकारले राहात स्वरुप दिएको पैसा पाउनको लागि कतिले फारम नै नभरेको र कतिले बेपत्ताको परिवार हो भन्ने यथेस्ट प्रमाण नदिएको पनि राहत दिन नसकेको बताइकी थिइन् । देश परिवर्तनका लागि लडेका सन्तानका अभिभावकहरु एउटा देशभक्त सन्तानको अभिभावक हुं भन्ने एउटा अठोटका साथ अडिग भएर रहन उनले आग्रह गरेकी छन् ।

कार्यक्रममा सशस्त्र द्धवन्दको बेला बेपत्तामा पारिएकाको परिवार, पत्रकार र मानब अधिकारको बिभिन्न क्षेत्रमा काम गरीरहेका विभिन्न व्यक्तिहरुको सहभागिता रहेको थियो । यौबन प्रकाश श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको संचालन रोशन कसीले गरेका थिए ।

प्रकाशित मिति : २०७५ भाद्र १४ गते बिहिवार