• २०८० मङ्सिर १७ गते आइतवार
  • Preeti To Unicode

ग्रामीण सडकै कारण पश्चिम सल्यानका दर्जनौं गाउँहरु पहिरोको उच्च जोखिमा


दुर्गा वि.सी.
भदौ १४, सल्यान ।

सल्यानको बन्गाड कुपिण्डे नगरपालिका भित्रका अधिकांस गाउँहरु ग्रामीण सडकका कारण पहिरोको उच्च जोखिममा परेका छन् ।

बन्गाड कुपिण्डेको वडा ४ मा रहेको व्युरेनी, गर्चे वजार, घरेली, नैयाटा, खैरागाड, स्याँला, त्रिभुवन जनता मावि च्युरा, शंखपिपल वजार, वडा ६ को सुनौली वजार, भलाखर्कको गैरी गाउँ, वडा १ को खहरेखोला, वडा ७ को रामचाउँना, ढोरपिपल वजार लगाएतका वस्तीहरु उच्च जोखिममा परेका छन् । उक्त वस्तीहरुमा तत्काल सडक निर्माण कार्य नरोके वस्तीहरु नै उठिवास हुनुे खतरा वढेको छ ।

त्यस्तै सडक बस्ति माथि डोजरले भिरपाखा चलाउँदा अधिकांस वस्तीमा खानेपानीका पाइपलाईन र मुहान ध्वस्त भएका छन् । जंगलहरुको सत्यानास हुनुका साथै जथावाफि सडक खन्नले खेती योग्य जमिन वगरमा परिणत भएका छन् । बन्गाड कुपिण्डे नगरपालीका वडा ५ नीवासि देववहादुर वाँढा र खुर्सल राना, विरवहादुर राना, भद्र वहादुर विकको सडकै कारण घर खतरामा परेका छन् । वाँठाका अनुसार हचुवाका भरमा जताततै सडक खन्दा अव उठिवासको अवस्था हुनपर्ने वताए । बन्गाड कुपिण्डे नगरपालीकाका वडा र नगरका प्राविधीकहरुले सर्वे गर्दा त्रुटिपुर्ण तरिकाले काम भएका कारण खनेका ग्रामिण सडकले नगरको कुरुपता वढाएको छ ।

ग्रामिण सडकै कारण छिन्चु जाजरकोट सडक, सल्लीवजार हुदै रुकुम चौहरजारी सडक समेत छेदविच्छेद भएको छ । वर्षात लागे पछि बन्गाड कुपिण्डे नगरपालीकाको योजनामा निर्माण भएका बामे जाने सडक र वयलडाँडि हुदै मैदुपोखरी जाने सडक खण्ड सामान्य हल्का सवारी सञ्चालन भएको देखिन्छ भने वाँकी नगरका डेड सय सडकहरु वर्षातकै कारण छेदविच्छेद वनिसकेका छन् । उक्त सडकमा सवारी साधान त के पैदल हिडुल गर्न समेत ग्राहो भएको स्थानीयको दुखेसो छ । नगरको वडा ४ र ५ च्युरामा सडकै कारण गाउँ आवत जावत गर्ने बाटो समेत पहिरोको कारण वन्द भएको छ ।

सडकै कारण गाउँ भन्दा माथिको भाग कुरुप देखिन्छ । हचुवाका भरमा खनेका सडकले वर्षातमा स्थानीयलाई दुख दिएको स्थानीय चन्द्र दमाईले वताए । जथाभावि सडक खन्दा सडककै कारण गाउँ वस्ती पहिरोको उच्च जोखिममा परेका छन् । कहिल्यै पहिरो र वाढि नआउने ठाउँमा पहिरो गएको छ भने वाढिले स्थानीयलाई त्रसित पारेको छ । यसरी एकठाउँको जमिन धासिएर अर्को ठाउँमा पुगेको छ । ठाउँ ठाउँमा जमिन चिरा परेको छ जस्ले स्थानीय वस्तीका नागरिक झन त्रसित वनेका छन् । भत्तकेका, विग्रेका,पहिरो गएका सडकमा पुन निर्माणको लागि नगरले करडौ वचेट खर्चनु पर्ने देखिन्छ ।

प्रकाशित मिति : २०७५ भाद्र १४ गते बिहिवार