• २०७८ कार्तिक ९ गते मङ्गलवार
  • Preeti To Unicode

गोरेले जेलभित्रै आत्महत्या गर्न खोजे कि हत्याको प्रयास ?


भदौ १५, काठमाडौं ।

केही पहिलेसम्म सबै नेपालको बोली र संचारमाध्यमका पेजमा विभिन्न शब्द, शैलीमा छाएका चुडामणी उप्रेती ‘गोरे’ । नेपालमा कुइन्टलका कुइन्टल सुन आएको भन्दै गृहमन्त्री रामबहादुर थापाले ठूला माछा समाउने भनिरहेको हुँदा पनि गोरे चर्चामा आएका थिए । ३३ किलो सुन र शनम शाक्य हत्याकाण्ड सार्वजनिक भएसँगै गोरे एकाएक चर्चामा पुगेका हुन् । भलै उनले आफू भरिया मात्रै भएको बताउँदै आएका छन् ।

मुख्य अभियुक्त बनाए प्रहरीले कारवाही अगाडि बढाएसँगै गोरेले आत्समर्पण गरेका थिए । त्यो भन्दा पहिले उनले एक भिडियो बनाएका थिए । उक्त भिडियोमा उनी निकै हतास र चिन्तित थिए । भारतको एक स्थानमा लुकेर बसेका गोरे इन्काउन्टर हुने डरले भिडियो रेकर्ड गरेर सुरक्षित गरेका थिए ।

सुन काण्डमा प्रहरीकै उच्च तहको पनि संलग्नता खुल्ने डरले गोरेको हत्या गरेर ‘इन्काउन्टर’ भन्ने पुष्टि भइसकेको छ । एकथरी मानिसहरु भनिरहेका छन्, प्रहरी गोरेको हत्या गरेर सुन काण्ड ढिसमिस गर्न चाहन्थ्यो । तर, सफल हुन सकेन ।

सुनधारास्थित केन्द्रीय कारागारमा रहेका गोरेले हालै आत्महत्या गर्न लागेको हल्ला एकाएक बाहिर आयो । उनले गोलघरभित्रै पासो लगाएर आत्महत्या गर्न प्रसाय गरेको बतायो । केही साता अघि आफैले लगाएको सर्टले घाटीमा बाँधेर पासो लगाएको जेलको सुरक्षाकर्मीले नै बाहिर ल्याए । यो समाचार सार्वजनिक भएसँगै मानिसहरुले गोरेले आत्महत्या गर्दैनन् । यो हत्याको षड्यन्त्र भएको तर्क गरिरहेका छन् । गोरेलाई नमार्दासम्म सुन काण्डमा मुछिएकाहरुलाई डरले उनलाई मारेर ३३ किलो सुन पचाउने र त्यसअघिमा सुन तस्करीको पोल खुल्नबाट बचाउने ।
सुरक्षाकर्मीको उच्च तह र राजनीतिक नेतृत्वको सहभागीतविना यति ठूलो परिणाममा सुन तस्करी हुन सक्दैन, यो कुरा घात जतिकै छर्लङ भइसकेको छ । उनीहरुलाई बचाउन नै गोरेको हत्या हुन सक्ने अनुमान गरिँदै आएको छ ।

३३ किलो सुन काण्डको विषयलाई लिएर गएको जेठ २८ मा सुनसरीको झुम्का कारगारबाट ‘गोरे’ लगायत राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का नेता भुजुङ गुरुङ र छिरिङ वाङगेल घलेलाई काठमाडौं ल्याइएको थियो । ०७४ माघ ७ मा त्रिभुवन विमानस्थलबाट साढे ३३ किलो सुन काठमाडौं भित्र्याएर पनि गायब भए पछि शनम शाक्यको हत्या भएको थियो ।

सोही अभियोगमा नेपाल प्रहरीका पूर्व प्रहरी नायव महानिरीक्षक गोबिन्द निरौला, बहालवाला वरिष्ठ प्रहरी उपरीक्ष श्याम खत्री, दिवेश लोहनी गरेर दर्जन प्रहरी अधिकारी पक्राउ परेका थिए। हाल उनीहरु मोरङको झुम्का कारागारका पुर्पक्षका लागि थुनामा रहेका छन् । तर उक्त सुनको अवस्थाबारे भने हालसम्म केही अत्तपत्तो छैन ।

प्रकाशित मिति : २०७५ भाद्र १५ गते शुक्रवार