• २०७८ कार्तिक ४ गते बिहिवार
  • Preeti To Unicode

दाङमा रहेको डिभाईन टेम्पल स्कुलमा तिज गित प्रतियोगिता सम्पन्न


भदौ १५, दाङ । डिभाईन टेम्पल एकाडेमी तुलसीपुर दाङले तीजगीत प्रतियोगिता गरेको छ ।विद्यार्थीहरुको प्रतिभालाई उजागर गर्ने उदेश्यले शुक्रबारे कार्यक्रम अंतरगत यस्तो कार्यक्रमको आयोजना गरिएको हो । प्रतियोगितामा १८ जना बिद्यार्थीहरुको सहभागिता रहेको थियो ।

ति मध्य कक्षा ७ कि छात्रा बिनिता भण्डारी प्रथम भएकी थिईन् । त्यस्तै कक्षा ४ कि छात्रा सची शाह द्वितिय ,कक्षा ९ कि छात्रा करुणा शर्मा तृतिय एवं कक्षा ९ कि छात्रा सरीता केसी र कक्षा ८ कि पुर्णिामा बिक सान्त्वना हुन सफल भएका थिए ।

प्रिन्सीपल भोजराज न्यौपानेको अध्यक्षता तथा कार्यपालिका सदस्य दिपक कुमालको प्रमुख आतिथ्यतामा प्रतियोगिता भएको थियो । जसमा कुमा, शिक्षक एवं लोकदोहोरी गायक नारायण लामिछाने एवं कलाकार बसन्त राठोर निर्णायकको भूमिकामा थिए । विद्यालयका शिक्षक राजकुमार बिष्ट मुरली र अभिबावक कबिराज खड्का मादलमा थिए । शिक्षक फल्कुदत्त लामिछाने र तेजबहादुर केसीले कार्यक्रमको सहजीकरण गरेका थिए ।

शिक्षक तेज बहादुर केसीको स्वागत मन्तब्यबाट शुरु भएको प्रतियोगिताका बिजेताहरुलाई पुरस्कार एवं सम्मान वितरण गरिएको थियो । कार्यक्रममा बक्ताहरुले यस्ता कार्यक्रमले बिद्यार्थीहरुको अत्तिरिक्त क्रियाकलापमा बृद्धि हुने बताएका थिए । यस्ता क्रियाकलापलाई निरन्तरता दिनुपर्ने समेत उनीहरुको भनाई थियो ।

प्रकाशित मिति : २०७५ भाद्र १५ गते शुक्रवार