• २०८० मङ्सिर १७ गते आइतवार
  • Preeti To Unicode

सल्यानमा पनि मनाइयो पुस्तकालय दिबस


भदौ १५, सल्यान ।
आज ११ औ पुस्तकालय दिबस सल्यानमा पनि मनाइएको छ । भिजन नेपाल सल्यान र फलाबाङमा रहेको नेपाल राष्ट्रिय माबी रेखले छुटाछुटै कार्यक्रम गरेर दिवस मनाएका छन् ।

सदरमुकाम खलंगामा मनाएको भिजन नेपालले जिल्लाको पुरानो देउराली पुस्तकालय पुनह संचालनमा ल्याउन पहल गर्ने जनाएको छ । कार्यक्रममा बाेल्ने वक्ताहरूले  मानिसमा अध्ययन गर्ने बानी हराउदैँ गएकोमा सरोकारवालाहरुले चिन्ता ब्यक्त गरेका छन् । उनीहरुले पछिल्लो समय आधुनिक प्रबिधिको बिकास भएसँगै बालबालिका देखी सबै क्षेत्रका मानिसमा पढ्नुु पर्छ भन्ने बानीको बिकास नभएको भन्दै चिन्ता ब्यक्त गररेको हुन् ।

कार्यक्रममा बोल्दै त्रिभुवन जन माद्यामिक बिद्यालय लुहापिङका प्रधानाध्यापक माधब बिक्रम जिसीले पछिल्लो पुस्तामा अध्ययन गर्ने बानीको बिकास नभएको बताए । आफ्नो बिद्यालयमा २ वटा पुस्तकालय भएपनि त्यहाँ भएका पुस्तकहरुको अध्ययन गर्नु पर्छ भन्ने सोच बिद्यार्थीहरुमा नभएको बताए ।

यस्तै नेपाल पत्रकार महासंघ सल्यानका सल्लाहकार सनत कुमार शर्माले प्रबिधिको बिकास सँगै अध्ययन गर्ने बानी कम भएको बताए । उनले आफुलाई चाहिने जती हरेक कुरा गुगल बाट खोज्दा पाईने भएकाले पस्तुक किनेर पढ्ने बानी कम भएको हुन सक्ने बताए ।

पछिल्लो समय बिद्यार्थीहरुलाई अध्ययनमा जागरुप बनाउने उद्धेश्यले सल्यानका प्राय सबै बिद्यालयमा पुस्तकालय स्थापना समेत गरिएको छ । ती पुस्तकालयमा जिवनोपयोगी बिभिन्न लेखकका पुस्तकहरु राखिएका छन् । तर बिद्यार्थीहरुमा अहिले अध्ययन गर्ने भन्दा पनि फेसबुक, यूटुब, लगाएतका बिभिन्न प्रबिधिको प्रयोग गर्ने भएकाले पुस्तकालय बाट पुस्तक लिएर पढ्ने बानी कम भएको हुन सक्ने सरोकाररवाला बताउछन् ।

कार्यक्रममा भिजन नेपालका सल्यान अध्यक्ष टिकाराम भण्डारीले पुस्तकालयमा गएर अध्ययन गर्ने बानीको बिकास गर्न संस्थाले पहल गर्ने बताए । कार्यक्रममा शिक्षक, बिद्यार्थी, पत्रकार लगाएत सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

त्यसैगरी नेपाल राष्ट्रिय माबी रेखमा पुस्तकालयको स्थापना तथा उदघाटन गरिएको छ । रुम टु रिड र दलित बिकास समाज सल्यानको सहयोगमा नेपाल रास्ट्रीय पुस्तकालयको स्थापना गरिएको हो ।

समृद्ध पुस्तकालय समृद्ध समाज भन्ने मुल नाराका साथ आज देखी एक हप्ता सम्म सल्यानमा मनाइने साथै एक हप्ता भित्रमा ३० बिधालयमा बिद्यालय पुस्तकालय स्थापना गरिसकिएको र औपचारिक रुपमा उदघाटन गरिने दलित बिकास समाज सल्यानका साक्षरता कार्यक्रम संयोजक टेक राज शाही ले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २०७५ भाद्र १५ गते शुक्रवार