• २०८० मङ्सिर २१ गते बिहिवार
  • Preeti To Unicode

बलात्कार विरुद्ध दाङकाे ज्ञानदिप कलेजका विद्यार्थीहरु सडकमा


भदौ १५, दाङ ।

बलात्कारपछि हत्या गरिएकी कन्चनपुरकी निर्मला पन्तको हत्यारा पक्राउका लागि दबाब स्वरुप तुलसीपुरमा विद्यार्थीहरुले दवाव र्‍याली निकालेका छन् ।

तुलसीपुरमा रहेको ज्ञानदीप कलेज र ज्ञानज्योति माविका विद्यार्थीहरुले ‘हत्यारालाई कारबाही गर’ ‘बलात्कारीलाई फाँसी दे ’ लगायतका नारा लेखिएका प्लेकार्ड सहित वजार परिक्रमा गरेका थिए ।

उनीहरुले वजार परिक्रमा पश्चात विपी चोकमा पुगेर कोण सभा गर्दै बालबालिकाहरुको सुरक्षामा लागि प्रशासनले ध्यान दिनुपर्ने वताउँदै निर्मलाका हत्यारालाई तत्काल कारबाही गर्न माग समेत गरेका थिए ।

कार्यक्रममा वोल्दै विद्यार्थी शिक्षा श्रेष्ठले बालिकाको वलत्कार भएर हत्या हुँदा समेत सरकारले पहलकदमी लिन नसक्नु दुख लाग्दो कुरा भएको वताएकी थिइन् ।

पछिल्लो समय बलात्कारका घटनामा उल्लेख्य वृद्धि भएको वताउँदै श्रेष्ठले बलात्कारीका लागि बलियो कानुन बनाउनुपर्ने माग गरिन् ।अर्की विद्यार्थी मनिषा डाँगीले महिलाहरु हरेक ठाउँमा असुरक्षित भएको भन्दै सरकारले सुरक्षा दिन नसकेको आरोप लगाइन् ।विद्यार्थी हेमन्त प्रकाश वलीको अध्यक्षतामा भएको कार्यक्रममा प्रकाश वली, सुवास सुवेदी लगायतका विद्यार्थीले पनि मन्तव्य राखेका थिए ।

प्रकाशित मिति : २०७५ भाद्र १५ गते शुक्रवार