• २०७८ कार्तिक ११ गते बिहिवार
  • Preeti To Unicode

सल्यान रुकुम यातायातकाे भेला : व्यवसायीहरुलाई सहज बनाएर जिम्मेवारी हस्तान्तरण गर्ने अध्यक्ष बुढाथाेकी


भदाै १५, सल्यान ।

सल्यान रुकुम यातायात ब्यवसायी समिति सल्यानको ब्यवसायीक भेला शुक्रबार सल्यानको श्रीनगरमा सम्पन्न भएको छ । समितिका अध्यक्ष लोकमान बुढाथोकीको अध्यक्षतामा सम्पन्न भेलाले सरकारको निर्णय अनुसार सल्यान रुकुम यातायात ब्यवसायी समितिलाई एकीकृत रुपले लैजाने निर्णय सर्बसंवत तरिकाले पारित गरिएको छ ।

पछिल्लो समयमा सरकारले यातायातमा लगाएकाे सेन्डिकेटमा देशभरीका यातायात ब्यवसायी समितिहरुमा अन्यौल्ता छाइरहेको अबस्थामा आफ्न ब्यवसायीहरु लाई समितिको धारण प्रष्ट पार्नको लागी आयोजना गरिएको सल्यान रुकुम यातायात ब्यवसायि समितिको ब्यवसायीक भेलामा संवोधन गर्दै समितिका अध्यक्ष लोकमान बुढाथोकीले सरकारको ठोस नितिबिधिमा रहेर सल्यान रुकुम यातायात ब्यवसायी समितिलाई नयाँ शिरा बाट संचालन गर्ने बताएका छन् । सरकारले यातायात क्षेत्रमा ठोस निति बनाउन नसक्दा यातायात क्षेत्रनै अव्यवस्थित देखिएकै अबस्थामा सल्यान रुकुम यातायात ब्यवसायी समितिलाई अँझ ब्यवस्थित बनाउन ब्यवसायी र कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।

सल्यान रुकुम यातायात ब्यवसायी समितिमा सयौं ब्यवसायी मजदुरहरुको लगानी रहेकाले उक्त लगानिलाई ब्याज सहित फिर्ता गर्नको लागी आफुहरु लागी परेको बताएका हुन् ।समिति संचालन आए यता समितिमा कुनै किसिमको आर्थिक अनियमितता नभएको र अझै पनि समितिको एक पैसा हिनामिना आफुले पनि नगर्ने र अरुलाई पनि गर्न नदिने प्रतिबद्धता गरेका अध्यक्ष बुढाथोकीले आफु एउटा यातायात ब्यवसायि समितिको नेतित्व भएकाले आफ्न ब्यवसायीहरुलाई अफ्ट्यारो अबस्थाबाट मुक्त गराई आफुले आफ्नो जिम्मेवारी हस्तान्तरण गर्ने समेत बताए ।

भेलामा यातायात संचालन सम्बन्धि समितिका आन्तरिक समस्या, अबसर, चुनौती र कसरी यात्रुमुखी सेवा दिने लगाएतका दर्जनौ विषयहरुमा छ्लफल गरिएको थियो ।ब्यवसायीहरुले आफुहरुलाई सरकारले प्रालि मा जान बाध्य तुल्याए टुट्फुट नभएर सिंगो सल्यान रुकुम यातायात ब्यवसायी एकरुपताका साथ जाने बताएका छन् ।

यस्तै सल्यान रुकुम यातायात ब्यवसायी समितिले यात्रुमैत्री सेवा दिनको लागी केहिदिन भित्रमा कर्मचारी भेलागर्ने समेत बताएको छ ।

प्रकाशित मिति : २०७५ भाद्र १५ गते शुक्रवार