• २०७८ कार्तिक ८ गते सोमवार
  • Preeti To Unicode

कर्णाली प्रदेश सरकारका २ जना मन्त्री अाएर सल्यानका पीडितलार्इ राहत वितरण गरे


लेकाली अनलाइन
सल्यान १६, भदौ ।
सल्यानको बागचौर नगरपालिका ४ सेतिगुराँसमा घर भत्किदा पाँच जनाले ज्यान गुमाएका परिवारलाई कर्णाली प्रदेश सरकारले राहत वितरण गरेको छ । गएको मंगलबार राति घरको भित्ता भत्किएर दलिन भाँचिदा घरमा सुतिरहेका एकै परिवारका ५ जनाको ज्यान गएको थियो ।

कर्णाली सरकारको तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला र भौतिक पुर्वाधार मन्त्री खड्ग बहादुर खत्रीले पिडित परिवारलाई शुक्रबार राहत हस्तान्तरण गरेका हुन ।

कर्णाली प्रदेश सरकारको तर्फबाट पिडितहरुलाई एक लाख पचास हजार रकम प्रदान गरिएको हो । उनिहरुलाई प्रदान गरिएको रकम खाता खोलेर वैंकमा राखेर काम अघि बढाउदा उपयुक्त हुने बताए । वैंकमा रकम नराख्दा रकम चाँडै खर्च हुन्छ उनले भने वैंकमा राख्दा भोली सम्म पनि उनिहरुको जिवन निर्वाहमा सजिलो हुन्छ । उनले वैंक खाता खोलेर अन्य सहयोगी दाताहरुको तर्फबाट पनि पिडितलाई सहयोग गर्न अपिल गरे ।

यस्तैे पिडित परिवारलाई आर्थिक मामिला मन्त्री ज्वालाले व्यक्तिगत ४ हजार र भौतिक पुर्वाधार मन्त्री खत्रीले ६ हजार गरी १० हजार थप रकम सहयोग गरेका छन् । राहत वितरण कार्यक्रममा सल्यानका प्रमुख जिल्ला अधिकारी कमलराज ढकाल, प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक विरेन्द्र बहादुर शाही, पुर्व एमाले सल्यानका अध्यक्ष लाेक बहादुर डाँगी लगाएतको सहभागिता थियो ।

प्रकाशित मिति : २०७५ भाद्र १६ गते शनिवार