लेकाली अनलाइन
भदौ १६, सल्यान ।
सल्यानकाे छत्रेश्वरी गाउँपालिकाले लेखपाेखरामा एर्पाेट संचालन गर्ने भन्दै प्रदेश सरकारलार्इ ज्ञापन पत्र बुझाएको छ।
वडा नम्बर २ दहखाेलाका बाढी पीडितलार्इ प्रदेश सरकारकाे राहत दिन गाउपालिकाको कार्यालयमा शुक्रबार पुगेका कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला र भौतिक तथा निर्माण मन्त्री खडक बहादुर खत्रीलाई गाउँपालिका अध्यक्ष सन्तोष केसिले एर्पाेट संचालन सँगै अन्य विकासकाे पत्र बुझाएका हुन् । ज्ञापनपत्रमा विशेष गरी गाउँपालिका र प्रदेश सरकारको सहकार्य आवस्यक पर्ने भन्दै खानेपानी तथा एअरपोर्ट निर्माण सम्बन्धि योजनाको उचित सम्बोधनको माग गरिएको छ।
ज्ञापन पत्रमा वडा नम्बर ५ लेखपोखरामा रहेको लेखपोखरा एरपोर्टको डिआरपी तथा सम्भाब्यता अध्ययनको लागि उचित सम्बोधनको माग गरिएको छ। त्यस्तै वडा नम्बर ७ मा रहेको पन्नेताल खानेपानी योजना, वडा नम्बर ३ मा रहेको ज्यामिरे खानेपानी योजना र वडा नम्बर ५ को लेखपोखरा खानेपानी योजना पत्रमा रहेका छन ।
ज्ञापनपत्रमा कर्णाली प्रदेश सरकारबाट यस गाउँपालिकाको भौतिक पुर्बाधार बिकास, पर्यटन, शिक्षा, सडक तथा स्वास्थ्य सस्थाको स्तरोन्नति, क्षमता बिकास तथा ब्यबस्थापकिय सुधार जस्ता क्षेत्रमा बजेट बिनियोजन भएकोले प्रदेश सरकारलाई हार्दिक आभार तथा धन्यवाद बेक्त गरेएको छ। पत्रमा ठुला योजनाहरुमा ठुलो रकम आबश्यक पर्ने हुदा आफुले पेस गरेका योजनाहरुको उचित सम्बोधनको माग गरिएको छ।
ज्ञापनपत्र बुझ्दै आर्थिक मामिला तथा योजनामन्त्री ज्वालाले गाउँपालिकाले बुझाएको ज्ञापनपत्रमा समाबेस भएका मागहरु लाई उचित सम्बोधन गर्ने प्रतीबद्धता बेक्त गरेका छन् । छत्रेश्वरी गाउँपालिकामा अहिले प्रदेश सरकारको तर्फबाट केही बजेट आएको तथा खानेपानी र एअरपोर्टको कामलाइ आफुले महत्त्व दिई प्रक्रिया अगाडि बढाउने मन्त्री ज्वालाले बताएका छन् । गाउँपालिका एक्लैले यी कामहरु गर्दा आर्थिक भार पर्ने भएकाले साझेदारीमा कामहरु अगाडि बढाउने प्रतिबद्धता उनले जनाएक छन् ।
त्यस्तै ज्ञापनपत्र बुझ्दै अर्का भौतिक तथा निर्माण मन्त्री खडक बहादुर खत्रीले भौतिक तथा निर्माणको क्षेत्रमा गाउँपालिकालाइ सहयोग गर्ने बताएका छन् । मन्त्री खत्रीले छत्रेश्वरी गाउँपालिकामा सडक संजालको लागि बिशेष सम्बोधन गरी मन्त्रालयबाट प्रक्रिया अगाडि बढाइने प्रतिबद्धता बेक्त गरेकाे खबर गाउँपालिकाका प्रेस सल्लाकार नविन पाैडेलले जानकारी दिएका छन् ।