• २०७८ कार्तिक १ गते सोमवार
  • Preeti To Unicode

सल्यान दहखाेलाका पहिरो पीडितलाई कर्णाली प्रदेश सरकार द्वारा राहत


लेकाली अनलाइन 
भदौ १६, सल्यान ।

कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालालले छत्रेश्वरि २ दहखोलाका पहिरो पीडित हरुलाइ राहत बितरण गरेका छन्।

पहिरो पीडित ४ घर परिवारलाई प्रदेश सरकारको तर्फबाट शुक्रबार १० हजारका दरले ४० हजार रकम र नेपाल रेड्क्रस सोसाइटी सल्यानले दियको राहत सामाग्री मन्त्री ज्वालाले बितरण गरेका हुन् । गत १२ गते राति आएको पहिरोले स्थानिय यम बहादुर ओलिको घर भत्किएको छ भने लक्ष्मन केसि, प्रेम केसि र टुल्के कामीको घर पुर्न रुपमा पुरिएको छ।

पहिरो खस्ने बेला घरमा कोहि नभएका कारण मानबिय क्षेति भने भएको छैन । राहत कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष सन्तोष केसिले गाउँकार्यपालिकाको बैंठक बोलाइ तत्काल पहिरो पीडितलाई सम्बोधन गरिने बताएका छन् । कार्यपालिकाको बैठकबाट कति कस्तो सहयोग गर्ने भनी निर्णय गरेर अनि बितरण गरिने अध्यक्ष केसिकाे  भनार्इ छ ।

याे पनि पढ्नुहाेस्

सल्यानमा एर्पाेट संचालन सँगै अन्य विकास याेजनालार्इ छत्रेश्वरीले प्रदेश सरकारलार्इ बुझायाे

http://www.lekalionline.com/archives/11844

प्रकाशित मिति : २०७५ भाद्र १६ गते शनिवार