• २०७९ माघ २० गते शुक्रवार
  • Preeti To Unicode

श्रीकृष्ण जर्माष्टमिका लागी सिङ्गारिदै दाङका कृष्णमन्दिरहरु


भदौ १६, दाङ । आईतबार परेको श्रीकृष्ण जर्माष्टमिलाई थप आकर्षण बनाउन दाङका कृष्णमन्दिरहरु झकिझकाउ वनाईएको छ । मन्दिर परिसरहरुको सरसफाइ र मुर्तिहरुसमेत चिटिक्क पारेर सजाउने काम भैरहेको छ ।

दाङको धारपानि,अम्बिकेश्वरि,सितलपुर ,दुधेनाको कृष्णमन्दिर ,तुलसिपुरको कालिका मन्दिरहरुमा सजावटको कामहरु सकिएका छन ।

यता तुलसिपुरउपमहानगरपालिका ८ स्थित कृष्ण मन्दिरमा श्री कृष्ण जर्मास्टमिको तयारीका पूरा भएको छ ।भोलि आईतबार बिहानैदेखि पुजा अर्चना तथा दिउसो नाचगान र आरतिको समेत आयोजना गरिएको छ ।हामिले दर्शनार्थी हरुको चापलाई मध्येनजर गर्दै छुट्टाछुट्टै लाईनको ब्यबस्था मिलाएकाछौ मन्दिर ब्यबस्थापन समितिका अध्यक्ष शोभाकर सापकोटाले बताए ।

गतसाल अत्यधिक भिड रहेको थियो यसबर्ष झन सङ्ख्या बृद्धिहुने अनुमान गरेर सबैलाई ब्यबस्थित गर्न सुरक्षाकर्मी र युवाहरु लाई समेत परिचालन गरेर ब्यबस्थित गराउने प्रयास समेत भएको अध्यक्ष शापकोटाले जानकारी दिए । यसअघि आईतबार परेको जर्माष्टमिको दिनलाई मध्ये नजर गर्दै चौतारा र मन्दिर परिसमा सरसफाइ समेत सरसफाइ गरिएको छ ।
कृष्णजर्माष्टमिका अबसरमा बेलुवामा बर्षाैदेखि भब्य मेला तथा सास्कृतिक कार्यक्रमको समेत आयोजना गर्ने गरिन्छ । पर्वलाई थप आकर्षण बनाउन आयोजकले आईतबार लाखेनाचको समेत ब्यबस्था गरिएको छ । यस्तै बिच मन्दिर ब्यबस्थापन समितिले भोलिको कार्यक्रममा सबैलाई उपस्थितिका लागि अनुरोध गरेको छ । यता तुलसिपुर स्थित ब्राह्मकुमारी ईश्वरीय बिश्व बिधालयमा पनि विशेष कार्यक्रमको आयोजना गरिएको छ ।

प्रकाशित मिति : २०७५ भाद्र १६ गते शनिवार