• २०७९ असोज १३ गते बिहिवार
  • Preeti To Unicode

गाउँगाउँमा लाग्यो भ्रष्टाचारविरोधी नारा, गण्डकमा नेकपाको अभियान तीव्र


भदौ १६,काठमाडौँ स् नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यक्रमअनुसार भदौ १ गतेदेखि सुरु भएको ‘सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान’ गण्डक ब्युरोमा पनि तीव्र भएको जानकारी गण्डक ब्युरो सदस्य तथा तनहुँका इन्चार्ज उभारले दिएका छन् । उभारको नेतृत्वमा कास्की र पर्वतको गाउँदेखि सहरसम्म अभियान चलिरहेको छ ।

अभियान टोलीहरूले पर्वतको मोदी गाउँपालिका, राम्जा, चित्रे, नेपाने, ओदारे, कास्कीको अन्नपूर्ण गाउँपालिका, सल्यान, भदौरे–लुम्लेमा ‘भ्रष्टाचारीको सम्पत्ति राष्ट्रियकरण गर १ वैज्ञानिक समाजवाद स्थापना गरौँ १ कर र महँगी बढाउन पाइँदैन । दलाल सरकार चाहिँदैन’ लगायत नारा भित्ताभित्तामा लेखेका छन् ।त्यस्तै उक्त अभियान टोलीले एकाइ समिति निर्माणदेखि भेला र प्रशिक्षणसम्म सञ्चालन गरेको बताइएको छ । नेकपाको चारमहिने यो अभियान देशका चारवटै कमान्डमा चलिरहेको नेकपाले जनाएको छ ।

प्रकाशित मिति : २०७५ भाद्र १६ गते शनिवार