• २०७८ कार्तिक १ गते सोमवार
  • Preeti To Unicode

दाङ तुलसीपुरमा ईलेक्ट्रीकल्स व्यवसायीको भेला सम्पन ।


भदौ १६, दाङ । तुलसीपुरमा इलेक्ट्रीकल्स ब्यवसाय उपसमितिको विशेष भेला सम्पन्न भएको छ । तुलसीपुरमा रहेका इलेक्ट्रीकल्स ब्यवसायीको हकहितको लागी उद्योग बाणिज्य संघको समन्वयमा आज सम्पन्न भेलाले उपसमितिको संयोजकमा गोपाल खड्का सर्बसम्मत चयन गरेको हो ।

जसको उपसमितिको सहसंयोजकमा गोबर्धन रिजाल,सचिवमा वसन्त भण्डारी,कोषाध्यक्षमा सुन्जिता बस्नेत(ओली) रहेका छन् । त्यसैगरी उपसमितिको सदस्यमा बासुदेव शर्मा,चन्दन ओली र टेक बहादुर केसी चयन भएका छन् । सोही भेलाले उपसमितिको सल्लाहकारमा यमुना घिमिरे,गोबिन्द प्रसाद आचार्य र प्रेम प्रसाद रिजाललाई चयन गरेको छ ।

तुलसीपुर उद्योग बाणिज्य संघका उपाध्यक्ष मिनराज भण्डारीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा संघका सचिव विनिल केसीले उपसमितिले गर्नुपर्ने काम र यसको क्षेत्रअधिकारका बारेमा आफ्ना धारणा राखेका थिए । त्यस्तै कार्यसमिति सदस्य सपना बस्नेतले नव निर्वाचित उपसमितिको सम्पूर्ण टिमलाई आगामी दिनमा नमुना उपसमितिको रुपमा अघि बढ्न आग्रह गरेकी थिइन् । तुलसीपुर उद्योग बाणिज्य संघका उपाध्यक्ष रामप्रसाद चालिसे,कोषाध्यक्ष डिल्लिबहादुर ओली,पूर्व कार्यसमिति सदस्य किशोरकुमार ओली लगायत तुलसीपुर बजारका इलेक्ट्रीकल्स ब्यवसायीहरु उपस्थीत थिए । भेलाको सहजीकरण संघका महासचिव रुपबहादुर खत्रीले गरेका थिए ।

प्रकाशित मिति : २०७५ भाद्र १६ गते शनिवार