आइएमई गर्नेलाई राप्तीमणि ट्रान्सफरले दिने छ , पुरुस्कार


भदौ १६, दाङ , तुलसीपुरमा रहेको राप्ती मनिट्रन्सफरले आइ एम ई गर्नेलाई पुरुस्कार प्रदान गरेको छ ।

२०७४÷७५मा आइएमी ग्राहक कार्ड प्रयोग गरेर आई एम ई सेवा लिएकाहरु मध्यबाट केहीलाई पुरुस्कार बितरण गरेको सञ्चालक किरण पुनले जानकारी दिए । तुलसीपुरको बिपि सेवा दिदै आएकोे राप्ती मनि ट्रान्सफरले आई एम ई कस्टमर कार्ड प्रयोग गरेर वर्षभरी सेवा लिएकाहरु मध्यबाट १२ जनालाई छनौट गरी आर्कसक पुरुस्कार बितरण गरीएको पुनले जानकारी दिए ।

ट्रान्सफरले तुलसीपुर निवासी चुडामणि ओलीले कार्ड नं ७२ ५६ ९६ ०२ मार्फत साम्सुङ को ट्याब मोवाईल प्राप्त गर्नु भएको छ । त्यस्तै बिजौरीका गणेश घर्ती मगरले कार्ड न. ७३ ५६ २० ४४ मार्फत आर्कष घडीप्राप्त गर्न सफल हुनु भएको हो । तुलसीपुरकै अनिल कमलापुरीले आकर्षक हाते घडी प्राप्त गरिन ।

राप्ती मनि ट्रान्सफरबाट आई एम ई कार्ड प्रयोग गरेर सेवा लिएका मध्य पवन भण्डारी, अन्जु केसी, कर्ण बहादुर पुन, राम बहादुर क्षेत्री, शोभा घर्ती, कमलराज पौडेल, गोपाल सिङ खड्का, प्रकाश बुढा र सुधिर पोख्रेलले आइएमीई क्याप प्राप्त गर्न सफल भए ।

पुरुस्कार आइएमी लिमिटेडका राप्ती अञ्चल प्रमुख सोमलाल नेम्बाङ्ग र राप्ती मनि ट्रान्सफरका सन्चालक किरण पुनले बितरण गरेका थिए । ग्राहक कार्ड प्रयोग गर्दा ग्राहकलाई कम समयमै छिटो सेवा दिन सकिने तथा विभिन्न काग्जातको झन्झट बेहोर्न नपर्ने भएको हुदा ग्राहक कार्ड पुर्याउन कम्पनी लागि परेको नेम्बाङ्ग्ले बताए ।

राप्ती मनि ट्रान्सफर का सन्चालक किरण पुनले अब आइएमी रेमिटान्स सेवा डिजिटल बिद्युतिय प्रणाली मा जाँदै गरेको अवस्थामा सबै ग्राहक तथा सेवा ग्राहीलाई आई एमीपिएको ग्राहक बनी घरबाटै आर्थिक कारोबार गर्न तथा आईएमीपिएको एप्प डाउनलोड गरि काम सुचारु गर्न सकिने जानकारी गराए ।

प्रकाशित मिति : २०७५ भाद्र १६ गते शनिवार