भदौ १६ , दाङ । लायन्स क्ल्ब अफ दाङ , तुलसीपुरले जेष्ठ नागरीकलाई सम्मान तथा फलफुल वितरण गरेको छ । मानविय एवं सामाजिक काममा सकृय क्ल्बका जिल्ला सदस्य पुर्ण बहादुर भण्डारीका स्वर्गिय बुवा आमाको संझनामा सम्मान तथा फलफुल वितरण कार्यको आयोजना गरीएको हो ।
संस्थाका अध्यक्ष उमेशचन्द्र मजगैयाको अध्यक्षता एवं लायन्स क्ल्ब इन्टरनेशनल ३२५ बि टु का वरिष्ठ सल्लाहकार विनोद श्रेष्ठको प्रमुख आथित्यता तथा बृद्ध्र सेवा समिती एवं जेष्ठ नागरीक समाजका अध्यक्ष खुमानन्द अधिकारी र लायन्स क्ल्ब इन्टरनेशनल ३२५बिटु का एरीया चिफ खड्ग बहादुर बस्नेतको विशिष्ट आथित्यतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि श्रेष्ठले लायन्स क्ल्ब द्ध्रारा हुने गरेका विभिन्न मानविय एवं सामाजिक कार्यहरुमाथी प्रकाश पारेका थिए ।
यस्तै कार्यक्रमका विशिष्ट अतिथि बृद्ध्र सेवा समिती एवं जेष्ठ नागरीक समाजका अध्यक्ष खुमानन्द अधिकारीले लायन्स क्ल्ब द्धारा प्रदान गरीएका सामाजिक एवं मानविय सेवाको सरहाना गरे । कार्यक्रममा लायन्स क्ल्ब दाङका सदस्य पूर्ण बहादुर भण्डारीले स्वर्गीय बुवा नन्दलाल भण्डारीको पुण्य स्मृतीका अवसरमा लायन्स क्ल्ब मार्फत कार्यक्रको आयोजना गरेका हुन ।
सोही अवसरमा जेष्ठ नागरीकहरु तिलक बहादुर बस्नेत र सुमित्रा भण्डारीलाई सम्मान गरीएको थियो । कार्यक्रममा सहयोग गर्ने पूर्ण बहादुर भण्डारीले जेष्ठ नागरीकलाई सेवा गर्न पाउदा खुशि लागेको बताए ।
कार्यक्रममा पिपि टेकन प्रसाद कँडेल, पिपि उज्ज्वल आचार्य, लायन्स सुर्य प्रसाद शर्मा लगाएतले मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको सञ्चालण क्ल्बका सचिव गणेश अधिकारीले गरेका थिए ।