भदौ १६, दाङ । जेष्ठ नागरिक जिल्ला सघ तुलसिपुर नगर समितिले महिलाको महान चाड हरितालिका तिजका अबसरमा यहि भदौ २२ गते दर खाने कार्यक्रमको आयोजना गरेको छ !
जेष्ठ नागरिक तुलसिपुर नगर समितिको आज सनिवार बसेको बैठकले ६० वर्ष माथिका जेष्ठ नागरिक नगर समितिका सदस्यहरुलाई दर खुवाउन लागिएको समितिका सचिव लेखराज बस्नेतले जानकारी दिए ।
सचिब बस्नेतका अनुसार दर खुवाउने कार्यक्रमको आर्थिक ब्यबस्थापन तथा सौजन्य तुलसिपुर उपमहानगरपालिका वडा न ९ बेलुवा निवासी जय कुमारी वलिले गरेका छन । समितिका अध्यक्ष ललित बहादुर वलिको अध्यक्षता तथा वृद्ध सेवा समिती तुलसिपुरका अध्यक्ष खुमानन्द अधिकारिको प्रमुख आतिथ्यमा बसेको बैठकले अन्य केही महत्त्वपूर्ण निर्णय समेत गरेको छ !
जस अनुसार तुलसिपुर सल्यान रोड देखि जेष्ठ नागरिक नगर समितिको कार्यालय सम्म जाने बाटोको स्थलगत निरीक्षण गराई खुलाउन तुलसिपुर उपमहानगरपालिकाका नगर प्रमुख र वडा न ५ का अध्यक्ष समक्ष अनुरोध गर्ने, जेष्ठ नागरिक वडा समितिहरुमा नियमित बैठक हुदा सम्बन्धित नगर समितिका पदाधिकारिहरुलाई बैठकमा उपस्थिति गराउने लगाएतका निर्णय गरिएको छ ।