• २०७८ कार्तिक १ गते सोमवार
  • Preeti To Unicode

प्रचण्डको सिङ्गो गाउँ कमिटी विप्लवकाे पार्टीमा प्रवेश


भदाै १६, दार्चुला ।

पूर्व माओवादीनेकपाले संचालन गरेको चार महिने अभियान कै क्रममा दार्चुला जिल्लाको नौगाड गाँउपालिकाको साङपाङमा पूर्व माओवादी केन्द्रको सिंगै गाउँ कमिटी नै नेपाल कम्युनिस्ट पार्टी विप्लवमा समाहित भएको छ । माओवादी केन्द्र एमालेमा विलय भएपछी पूर्वमाओवादी केन्द्रको गाउँ विकास समितिको पूरै कमिटी नेकपामा प्रवेश भएको नेकपा दार्चुला जिल्ला ईञ्चार्ज रमेश नेपालीले बताएका छन् ।

क्रान्तिकारी विद्रोहको रूपमा चिनिएको उक्त गाउँ स्थानीय चुनावमा माओवादी केन्द्रलाई समर्थन गरेको थियो । तर एमाले संग पार्टी एकतापछि प्रचण्डले पार्टी एमालेमा विलय गराएको भन्दै निराश भएका क्रान्तिकारी जनता र स्थानीय नेता तथा कार्यकर्ता हरू फेरी नेकपाले अभियान थालेपछि उत्साहित भएर नेकपा विप्लवमा आबद्ध भएका छन् ।

नवप्रबेशीहरुलाई जिल्ला ईञ्चार्ज रमेश नेपालीले स्वागत गरेका थिए । पार्टी प्रबेश कार्यक्रममा माओवादी केन्द्रका पूर्व गाबिस अध्यक्ष रामसिंह ठगुन्नाले नेतृत्वले पार्टी एमालेमा विलय गराएको भन्दै आक्रोश पोखेका थिए ।

नव प्रवेशीकाहरूको नमावली विवरण यसप्रकार छ
राम सिंह ठगुन्ना, हरकसिंह ठगुन्ना, ललितसिंह बडाल, बहादुर ठगुन्ना, कम्मान ठगुन्ना, रमेश ठगुन्ना, किशनसिंह ठगुन्ना, काँसी ठगुन्ना, हरक ठगुन्ना, भक्त ठगुन्ना, नरसिंह ठगुन्ना, शंकरसिंह ठगुन्ना, पदम ठगुन्ना, गजेन्द्र ठगुन्ना, प्रेमसिंह, प्रकाश ठगुन्ना, मनजित ठगुन्ना, दुरा बडाल, पुनी ठगुन्ना, दुर्पती ठगुन्ना, शान्ति ठगुन्ना, हर्कामती ठगुन्ना, चाँखुरी ठगुन्ना, ऐती बडाल, लिलामती बडाल, बिस्मा ठगुन्ना, जगतसिंह ठगुन्ना, अजय बडाल, प्रेम बडाल, कट्मा ठगुन्ना, श्यामसिंह ठगुन्ना, खडक ठगुन्ना, विस्ना ठगुन्ना, निर्मला ठगुन्ना, सङसली ठगुन्ना, झुमकुरी ठगुन्न, अमरा ठगुन्ना, भैरब ठगुन्ना, जगत सिंह ठगुन्ना, मञ्जु ठगुन्ना, कलावती ठगुन्ना, नरेन्द्रसिंह ठगुन्ना, शेरसिंह ठगुन्ना, लगायत ५० जना बढी पूर्व माओवादी केन्द्रका कार्यकर्ता प्रचण्डको सिङ्गो गाउँ कमिटी विप्लव नेकपामा प्रवेश भएका छन्।

प्रकाशित मिति : २०७५ भाद्र १६ गते शनिवार