लेकाली अनलाइन
भदौ १७, सल्यान ।
गएको भदौ १२ गते आएको पहिरोले घर भत्किएका भएका सल्यान छत्रेश्वरी २ दहखोलाका पीडित परिवारका पशुहरु पनि मर्न थालेका छन् ।
पहिरो जाँदा उनिहरुले पशुहरुलाई घर भत्किनु अघि अनेत्र स्थान्त्रन गरेका थिए । तर सनिबारसम्म पीडितका १० ओटा बाख्रा मरेका छन् । पहिरोले घर क्षेती भएका याम बहादुर ओलीका ६ ओटा, गनेश कुमार ओलीका २ ओटा र महेन्द्र ओलीका २ ओली बाख्रा मरेका छन् ।
भत्किएका घरबाट अरु घरमा स्थान्त्रन गरेका बाख्राको पेट सुनिने, खुट्टा बाँग्रीने, मुखबाट ¥याल छोड्ने लगाएतको लक्षण देखिएको वडा नम्बर २ का वडा अध्यक्ष प्रेम केसी “प्रभात”ले लेकाली अनलाइनलाई बताएका छन् ।