• २०८० मङ्सिर १५ गते शुक्रवार
  • Preeti To Unicode

तुलसीपुर उपमहानगरपालिकामा कार्यरत चौधरीको सम्झनामा शोक सभा


भदौ १७, दाङ ।

तुलसीपुर उपमहानगरपालिकामा कार्यरत कर्मचारी कालुराम चौधरीको सम्झनामा उपमहानगरपालिकाले श्रद्धाञ्जली कार्यक्रम गरेको छ ।

लामो विगत २० वर्षदेखि कार्यरत चौधरीको शनिवार जण्डिसका कारण शनिवार ५९ वर्षको उमेरमा मृत्यु भएको थियो । श्रद्धान्जली कार्यक्रममा वोल्दै नगरप्रमुख घनश्याम पाण्डेले चौधरी इमान्दार र कर्तव्यपरायण कर्मचारी भएको भन्दै काजकिरिया वाफत २५ हजार रुपैया राहत दिने घोषणा समेत गरे ।

नगरप्रमुख पाण्डेले जनताको काममा खटिने हरेक कर्मचारीको परिवारका लागि स्थानीय तहले विशेष व्यवस्थाका लागि पहल गर्ने समेत वताए । कार्यक्रममा वोल्दै प्रमुख प्रशासकीय अधिकृत आनन्द सारुले चौधरीको काम गर्ने शैलीबाट आफु प्रभावित भएको भन्दै उनको योगदानलाई उपमहानगरपालिकाले सधै सम्झने वताएका थिए । श्रद्धान्जली कार्यक्रमको सहजिकरण तुलसीपुर उपमहानगरपालिकाका प्रेस संयोजक वसन्त आचार्यले गरेका थिए । मृतक चौधरीका २ छोरा र २ छोरी रहेका छन् ।

प्रकाशित मिति : २०७५ भाद्र १७ गते आइतवार