• २०७८ कार्तिक ११ गते बिहिवार
  • Preeti To Unicode

खै हाम्राे माैलिकता, कता हरायाे संस्कृति ?


भदाै १७, सल्यान।

साच्चिकै दुख लाग्छ हाम्रो मौलिकता हराई रहेछ आज, अनि संसकृति बिलाउदै छ आज !!
घाट पारि दिनु भयो बाबाले तरना सकिन आइन बरिलै….

कति मौलिकता छ कती मिठास छ यस गितमा कता हराए कता बिलाए ती मौलिक सब्द हरु आज?
यस्को जवाफ देहि स्वयं हामी नै हौ। कलाकार हरुले गाउने छाडा र उत्ताउला गित अनि भिडियो हरु नै हामी लाई राम्रो लाग्छ यहाँ , यहि नै हैन र मौलिकता हराउनु को मुख्य कारण ? तिज आउनु भन्दा केही महिना अगाडि नै तयार पार्नु हुन्छ कलाकार मित्र हरुले तिज गित अनि भिडियो, यसो कहिलेकाही घर परिवार सङ्गै बसेर तिजको भिडियो हेरौ भनेर बस्यो तर … अह !! हेर्नै नसिकिने ……

कता छ शब्द ,कता छ लय, कस्तो छाडा छ भिडियो के के हो के के न रत्यौली नै पो हो कि जस्तो ,
कलाकार मित्र हरु लाई म अन्तर आत्मा देखि नै सम्मान गर्छु हजुर हरुको कला र गलाको उच्च कदर दर्छु तर हजुर हरुलाई मेरो बिनम्र अनुरोध पनि छ !!

पिलिज यो तिजको बहानाम यस्ता उत्ताउला र छाडा गित र भिडियो हरु ननिकालिदिनुस ।हामी सबै मिलेर हाम्रो संसकृति र मौलिकता लाई जोगाउन जरुरी छ । यस्मा अझ बढी जिम्मेवार ब्यक्तित्व हजुर हरु नै हुनुहुन्छ ।

यही नेर हाम्रा दिदी बैनी हरुको बारेमा पनि केही कुरा लेख्न मन लाग्यो , तिज नजिकिदै गर्दा केही गर गहना र महङ्गो सारी किन्नै पर्ने रे अनि करिब एक महिना अगाडि देखि नै विभिन्न इस्थानहरुम गएर दर पनि खानै पर्ने रे !

मेरो आफ्नै अँखाले देखेको छु मैले जुन आमाले आफ्नो लागि गहना र सारी किन्दै गर्दा घरम छोराछोरी को इस्कुल ड्रेस ,झोला र जुत्ता च्यातिएर बिजोग भाको त्यो बेहाल ती आमा लाई थाहै नभाको हो या वास्ता नगरेको हो रामै जानुन…

बिचरा ती छोराछोरी हरु आमाको त्यो सबै किय्राकलाप देख्दादेख्दै पनि चुपचाप बस्न बिबश हुन्छ्न, अनि मुखभरि जवाफ हुदानि सक्दैन जवाफ फर्काउन । खै कता गयो कुन्नी उनिहरुको बाल अधिकार ??

हुने खाने हरु लाई कुनै फरक पर्दैन तर नहुने हरु लाई त भेडाको मुख्मा कुपिण्डो कोचारे जस्तै भैदिन्छ । त्यसैले पिलिज एक पल्ट राम्रो सङ्ग सोचौ हामीले आजको महङ्गि , छोराछोरी को पढाइ खर्च , अस्वस्थकर खानपिन र अनेकौ स्वास्थ समस्या र महङ्गो उपचार , बढ्दो बेरोजगारी, श्री मानको थोरै आर्जन अनि उस्ले खाडीमा बगाएको अमुल्य पसिना ,आज पो छोराछोरी इस्कुल पढछ्न भोलि त कलेज पढाउनु पर्ला !!

त्यसैले दिदिबहिनीहरु हामी सबै होसियार !!! आफ्नो क्षमताको कदर गर्न सिकौ , आफू सङ्ग जे छ त्यसैमा खुशी र सन्तुस्ट हुन सिकौ , अरुको देखा सिखिम नलागौ, परिवारको ख्याल राखौ ,भबिस्यको ख्याल गरौ । हो पर्ब मनाउनु पर्छ तर सरल र सहज ढंगले मनाउ यस्मै हामी खुशी हुनेछौ , यसैम हाम्रो मौलिकता ,संसकृति र सभ्यता दीगो रहने छ ।

अन्त्यमा : नेपाली नारी हरुको महान चाड हरितालिका ( तिज) को पावन अबसरम देश तथा बिदेश म रहुनु भएका सम्पुर्ण दिदिबहिनीहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।

लेखक महिमा खत्री होटल ब्यबसायि संघ सल्यानका कोषाअध्यक्ष र नेपाल रास्ट्रिय उद्योग ब्यापार संगठन कर्णाली प्रदेशका सदस्य हुन्

प्रकाशित मिति : २०७५ भाद्र १७ गते आइतवार