• २०७८ कार्तिक १ गते सोमवार
  • Preeti To Unicode

Breaking: सल्यानमा पहिरो जाँदा फेरी एकै घरका ३ बालबालिका पुरिए


लेकाली अनलाइन
भदौ १७, सल्यान ।

सल्यानमा फेरी पहिराे जाँदा एकै घरका तिन जना बालबालिका पुरिएका छन् ।

जिल्लाकाे बागचौर नगरपालिका- १२ ओख्रेनी मुलखोलामा स्थानीय बालाराम डाङ्गीकाे घर अाज बेलुका ५ बजेतिर पहिरोमा पर्दा उनका २ छोरी १ छोरा पुरिएका छन् । पहिराेमा पुरिने सबै भन्दा ठुलो उमेर ८ वर्षीया बालिका रहेको स्थानीयले बताएका छन् ।

अहिले पानी पहिरहेकको र रातिको समय भएकाले उद्दार कार्यमा समस्या आएको स्थानीय वीर बहादुर वलिले बताएका छन् ।  उद्दार कार्यमा घटनाको थप विवरण आउन बाकी छ ।

अहिले घटनास्थलमा प्रहरी जान लागेकाे र बाटाे अफ्ठ्याराे भएकाले अझै २ घण्टासम्म लाग्ने जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख डिएसपी विरेन्द्र शाहीले जानकारी दिएका छन् ।

यसअघि मात्रै भदौ १२ गते बागचौर नगरपालिका वडा नम्बर ४ मा एक घरको दलिन भाँचिएर भित्ता भत्किदा एकै घरका ५ जनाको मृत्यु भएको थियो । संकेतिक फाेटाे फाइल

संबन्धित समाचार

अबिरल बर्षाले सल्यानमा घर भत्किदा एउटै घरका ५ जनाकाे मृत्यु, एक घार्इते

प्रकाशित मिति : २०७५ भाद्र १७ गते आइतवार