नवीन पौडेल
भदाै १७, सल्यान |
सल्यानको छत्रेश्वरी गाउपालिका-२ दहखोलामा बाख्राहरुमा महामारी रोग नभइ बिसालु फलका कारण मरेको पुष्ठि भएको छ।
सनिवार स्थानियका १० वटा बाख्राहरु मरेपछी महामारीको शंका गरेपनी महामारी नभई स्थानिय जंगलमा पाइने पाङर जातको बिरुवाको फल खाएर बाख्राहरु मरेको बताइएको छ। मरेका बाख्राहरुको परिक्षेण गर्दा कुनै पनि रोग नभेटाएको परिक्षणमा संलग्न प्राबिधिक प्रमुख शारदा थापाले बताएका छन् ।
मरेका बाख्राहरुको पेट चिरेर हेर्दा पाङर जातको बिरुवाको फलहरु भेटाएको उनले बताए।मरेका बाख्रा मात्र नभएर जिबित बाख्राहरुको पनि परिक्षण गर्दा कुनै किसिमको रोग नदेखिएकाे प्राबिधिक प्रमुख थापाले बताए ।
बाख्रा मरेको खबर पाएपछि छत्रेश्वरी गाउपालिकाले त्यस तर्फ प्राबिधिकहरुको टोलि पठाएको थियो। बाख्रा मरेपछि महामारी हुन नदिन र मरेका बाख्राहरु के कति कारण ले मरेका परिक्षण तथा जानकारी लिन त्यस तर्फ प्राबिधिक टोलि पठाएको गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत डिल्ली खड्काले बताए। उनले त्यस क्षेत्रमा खटिएका प्राबिधिक टोलिले स्थानीयका पशुहरुको परिक्षण गर्नेपनि बताए।
शनिबार स्थानीय यम बहादुर ओलिका ५ वटा,गणेश कुमार ओलिका ४ वटा र महेन्द्र ओलिका १ गरि १० वटा बाख्राहरु मरेका थिए ।